×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘मौद्रिक नीति लचिलो र संयमित आउनुपर्छ’- पूर्वअर्थमन्त्री पुन 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

‘मौद्रिक नीति लचिलो र संयमित आउनुपर्छ’- पूर्वअर्थमन्त्री पुन 

Artha Sarokar

२२ असार २०८२, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । पूर्वअर्थमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले सरकारले लिएको वित्त नीति संकुचनकारी रहेको बताउँदै मौद्रिक नीति लचिलो बनाउन जरुरी रहेको बताएका छन् । आइतबार सिंहदरबारमा अर्थ समितमा भएको बाफिया विधेयकमाथिको छलफलमा उनले यस्तो बताएका हुन् । 

उनले पहिले लिइएको धेरै खुकुलो मौद्रिक नीतिले अर्थतन्त्रलाई लयमा आउन अहिलेसम्म पनि नदिएको बताउ । उनका अनुसार त्यतिबेला संयमित हुन नसक्दा अहिलेसम्म समस्या निम्तिएको छ । तर, अब भने संयमित हुने बेला आएको भन्दै पुनले संयमित भएर नीति ल्याउनुपर्नेमा जोड दिएका छन् । 

‘खासगरी अर्थतन्त्र चलायमान मजबुत बनाउने सरकारको वित्त नीतिले नै हो । तर यस वर्षको बजेट अलि पुरातनवादी आएको छ ।’, उनले भने, ‘बैंकहरुलाई जथाभावी रुपमा लगानी गर्न दिएर जनताको पैसा डुब्न दिनुहुँदैन । सरकारको मौद्रिक नीति लचिलो तर संयमित आउनुपर्छ ।’

त्यस्तै, पुनले अर्थतन्त्रमा देखिएका समस्याहरु खाली प्रकट गरेर मात्रै बस्न नहुने बताएका छन् । उनले समाधानतर्फ अघि बढ्नुपर्ने बताएका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी