काठमाडौँ । पछिल्लो ११ महिनामा १ अर्ब १६ करोडको धानको बीउ आयात गरिएको छ । किसानहरु बढी उत्पादनका लागि हाइब्रिड बीउतर्फ आकर्षित भएपछि चालु आर्थिक वर्षको ११ महिनामा सो मूल्य बराबरको धानको बीउ आयात गरिएको हो ।
गत आर्थिक वर्षको सोही अवधिमा नेपालमा ८८ करोड ६५ लाख रुपैयाँको धानको बीउ आयत गरिएको थियो । नेपालमा आयात हुने अधिकांश धानको बीउ भारत र चीनबाट हुने भन्सार विभागले जनाएको छ ।
त्यस्तै, आर्थिक वर्ष २०७९/८० मा ७५ करोड ६३ लाख रुपैयाँ र आर्थिक वर्षमा २०७८/७९ मा ८७ करोड ५ लाख रुपैयाँको बीउ आयात भएको थियो । भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७७/७८ मा भने २ अर्ब १७ करोड ३८ लाख रुपैयाँको आयात भएको थियो ।
यसो त नेपालमा हाइब्रिड बीउको माग बढी भए पनि स्वदेशी हाइब्रिड प्रणाली बलियो छैन । हाल नेपालमा वार्षिक २० हजार टन बिउ खपत हुने गरेको छ । जसमध्ये २ हजार पाँच सयदेखि तीन हजार टन बिउ आयात हुन्छ । चालु आर्थिक वर्षको फागुनसम्म सरकारी फर्म केन्द्रबाट ५ सय २८ टन धानको स्रोत बीउ (मूल/स्रोत तथा प्रमाणित/लेबल स्तर) उत्पादन भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्