काठमाडौँ । गत आर्थिक वर्षमा राजस्व संकलन १ खर्ब २० अर्ब रुपैयाँले वृद्धि भएको छ । अर्थ मन्त्रालयका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा १ खर्ब २० अर्ब रुपैयाँले राजस्वमा वृद्धि भएको हो । अघिल्लो आर्थिक वर्षको तुलनामा यो वृद्धि ११.३३ प्रतिशतले धेरै हो ।
गत आर्थिक वर्ष २०८१/८२ मा ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ राजस्व संकलन भएको छ । त्यसअघि आर्थिक वर्ष २०८०/८१ मा १० खर्ब ५८ अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो ।
सरकारले आर्थिक वर्ष २०८१/८२ मा १४ खर्ब १९ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको भएपनि वार्षिक समीक्षामा संशोधन गरी १२ खर्ब ८६ अर्ब रुपैयाँको लक्ष्य तय गरिएको थियो । संशोधित लक्ष्य अनुसार ९१.६० प्रतिशत राजस्व संकलन भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका राजस्व महाशाखा प्रमुख उत्तरकुमार खत्रीले विपद तथा अन्तराष्ट्रिय परिस्थितिले गर्दा चुनौतीहरु हुँदाहुँदै पनि अघिल्लो आर्थिक वर्षको तुलनामा उत्साहजनक रुपमा राजस्व संकलन भएको बताएका छन् । ‘तयारी सुरु गरिसकेका छौँ ।’, उनले भने, ‘चालु आर्थिक वर्षमा राजस्व संकलनको लक्ष्य पूरा गर्ने गरी अघि बढ्नेछौँ ।’
चालू आर्थिक वर्षमा १३ खर्ब १५ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य छ । आर्थिक वर्ष २०७१/७२ मा ४ खर्ब ५ अर्ब, आर्थिक वर्ष २०७२/७३ मा ४ खर्ब ८१ अर्ब, आर्थिक वर्ष २०७३/७४ मा ६ खर्ब ९ अर्ब, आर्थिक वर्ष २०७४/७५ मा ७ खर्ब २६ अर्ब, आर्थिक वर्ष २०७५/७६ मा ८ खर्ब २९ अर्ब रुपैयाा राजस्व संकलन भएको थियो । त्यस्तै, आर्थिक वर्ष २०७६/७७ मा ७ खर्ब ९३ अर्ब, आर्थिक वर्ष २०७७/७८ मा ९ खर्ब ३५ अर्ब, आर्थिक वर्ष २०७८/७९ मा १० खर्ब ६६ अर्ब, आर्थिक वर्ष २०७९/८० मा ९ खर्ब ५७ अर्ब र आर्थिक वर्ष २०८०/८१ मा १० खर्ब ५८ अर्ब रुपैयाँ संकलन भएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्