काठमाडौँ । ग्रामीण विकास लघुवित्तको साधारण सभा बुटवलको मिलनचोकमा ‘गुरिल्ला बैठक’ शैलीमा राखिएको छ । कालिकानगर स्थित मुख्य कार्यालयमा नै साधारण सभा गर्ने सूचना निकालिएको भए पनि पछि सूचना सुटुक्क सच्याएर सुटुक्क सभा बसेको हो ।
सार्वजनिक सूचना विपरित एक होटेलको चौथो तलामा सभा बसेको थियो । बाहिर कर्मचारीहरु विरोधमा भएका कारण ठूलो संख्यामा प्रहरीसमेत तैनाथ थिए ।
अझ अचम्मको कुरा त के छ भने सभामा सबै सेयरधनीहरुलाई नै भित्र प्रवेश गर्न दिइएको थिएन । अघिल्लो दिन नै प्री एजिएमका नाममा पैसा बाँडिएकाहरु अधिकांश र केही चुप लागेर बस्ने अन्य सेयरधनी भित्र थिए ।
लघुवित्तका सेयरधनी चन्द्रकान्त न्यौपानेले आफू भित्र प्रवेश नपाएको गुनासो गरेका छन् । अर्थ सरोकारसँग कुराकानी गर्दै उनले लघुवित्तको यो शैली सेयरधनीको अधिकार विपरित भएको दाबीसमेत गरेका छन् ।
अन्य सेयरधनीले त सो सभा हेरेर गुरिल्ला बैठको स्मरण गरेको दाबी गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्