काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले राज्यको नीति बैंकको पैसा लिएर जनताले लगानी गर्नसक्ने खालको हुनुपर्ने बताएका छन् । आइतबार अर्थ समितिमा भएको बैंक तथा वित्तीय संस्थासम्बन्धि विधेयकमाथिको छलफलमा बोल्दै उनले बैंकहरुमा थुप्रिएको रकम परिचालन गर्नका लागि सरकारले अवसर खोजिदिनुपर्ने बताएका हुन् ।
गभर्नर पौडेलका अनुसार सबै काम मौद्रिक नीतिले गर्न सक्दैन । यही कारण सरकारले वित्त नीतिमार्फत लगानीमैत्री कार्यक्रमहरु ल्याउनुपर्नेमा पौडेलले जोड दिएका छन् ।
उनले वित्तीय नीतिमार्फत लिने कार्यक्रमहरुले मुलुकलाई समृद्धितर्फ अघि बढाउनसक्ने बताएका छन् । उनले अनुसार ऋण दिएर मात्रै मान्छे व्यापारी नहुने बरु त्यसका लागि विशेष सीप क्षमता चाहिने बताउका छन् । व्यवसायी गर्न नजान्नेलाई ऋण दिइयो भने जनताको निक्षेप डुब्ने खतरा रहने उनको भनाइ छ । उनका अनुसार राज्यले लगानीका अवसर खोजिदिनुपर्छ । अहिले हाइड्रोमा लगानी गर्नेहरु खुशी छन् । त्यस्तै क्षेत्रहरु राज्यले खोजिदियो भने बैंकहरुले लगानी गर्नेछन् ।
‘देश इलेक्टेड लिडरले चलाउने हो । इलेक्टेड लिडरले पोलिसि बनाएर देशलाई अघि बढाउनुपर्छ ।’, उनले भने, ‘सरकारले वित्त नीतिमार्फत कार्यक्रमहरु ल्यायो भने ती कार्यक्रमलाई समर्थन गर्नेगरी मौद्रिक नीति आउँछ । पहिला सरकार अग्रसर हुनुपर्यो ।’
त्यस्तै, गभर्नर पौडेलले अहिले मुलुकमा बाह्य ऋण बढे पनि राजश्व बढ्न नसकेको बताएका छन् । उनले अहिले बाफिया विधेयकमा भइरहेको छलफलले दीर्घकालीन रुपमा पार्ने प्रभावबारे सोच्न सांसदहरुलाई आग्रह समेत गरेका छन् । गभर्नर पौडेलले बैंकहरुको वर्गीकरणका बारेमा समेत राष्ट्र बैंकले अहिले गृहकार्य गरिरहेको र यसको छिट्टै आउने बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्