काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. स्वर्णिम वाग्लेले हाइड्रोपावर र होटलहरुको प्राथमिक सेयर (आईपीओ) जारी गरेर सहकारीजस्तै भाग्ने खतरा देखिएको बताएका छन् । अर्थ समितिको बैठकमा बोल्दै सांसद वाग्लेले यस्तो बताएका हुन् ।
उनले निरन्तर घाटामा गएका कम्पनीहरुलाई समेत आईपीओ जारी गर्न दिएर साना लगानीकर्ता लुट्ने नियामकहरुको खेल रहस्यमय भएको पनि बताएका छन् ।
पछिल्लो समय जुनसुकै कम्पनीले पनि आईपीओ जारी गर्ने प्रवृत्ति लगानीकर्ताको हितमा नभएको भनाई राखेका छन् । उनले यसरी नै जुनसुकै होटल र हाइड्रोपावर कम्पनीलाई आईपीओमा जान दिने हो भने यी कम्पनी पनि सहकारी जस्तै भाग्ने खतरा भएको वाग्लेले बताएका छन् ।