Skip to content
LAXMI SUNRISE BANK

त्रिभुवन विश्वविद्यालयको सर्भर डाउन, अनलाइनमार्फत गर्नुपर्ने सबै काम प्रभावित, सेवाग्राही मर्कामा ! 

अर्थ सरोकार

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको सर्भर डाउन भएको छ । सोमबार बिहानैदेखि त्रिविको सर्भर डाउन भएको हो । 

बिहानैदेखि समस्या देखिएपछि अहिले त्रिवि, त्रिवि सेवा आयोग, परीक्षा नियन्त्रण कार्यालय लगायतका वेबसाइटहरु खुलेका छैनन् । वेबसाइट नखुल्दा अनलाइन फारम भर्नुपर्ने कामहरु प्रभावित भएका छन् । 

सर्भर नै डाउन भएपछि खासगरी त्रिविले २१ जेठमा ५ सय प्राध्यापक र उपप्राध्यापक पदहरुमा खुलाएको विज्ञापनमा आवेदन दिन नपाइएको गुनासो बढेको छ ।

यता त्रिविले भने साइटमा आइतबार रातिदेखि नै प्राविधिक समस्या आएको र मर्मतको काम भइरहेको बताएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK