काठमाडौँं । विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जिबी राईलाई पक्राउ गर्छु भन्ने गृहमन्त्री कता हराउनु भयो भदै प्रश्न गरेका छन्। मंगलबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले यस्तो प्रश्न गरेका हुन्।
बैठकको विशेष समयमा बोल्दै प्रमुख सचेतक शाहीले जिबी राईलाई सरकारले नै लुकाएको आरोप लगाउँदै तत्काल फिर्ता ल्याउन माग गरेका छन् ।
उनले यसअघि राईलाई पक्राउ गरेर ल्याउछु भन्ने गृहमन्त्रीले त्यसतर्फ चासो नदेखाएको बताए । शाहीले सहकारीको विषयमा छानबिन गर्न बनेकोजस्तै भिजिट भिसामा पनि छानबिन समिति गठन हुनुपर्ने भन्दै संङख्याको आधारमा नभएर अपराधको आधारमा समिति बनाउन माग राखेका छन् ।
‘जिबी राई कहाँ छन ? राईलाई अहिलेको सरकारले कति अर्बमा डिल गर्यो ? हिजो प्रतिपक्षमा हुँदा जिबी राईलाई पक्राउ गरेर ल्याउँछु भन्ने गृहमन्त्री आज कुन दुलोमा लुकेर बस्नुभएको छ ? जिबि राई चाहियो यहाँ, नेपाल सरकारले चाह्यो भने गर्न नसक्ने के कानुनी आधार छ । सहकारी छानबिन समिति बनाए जसरी नै सहकारी छानबिन समिति हामीले बनाएका थियौं,’ उनले भने ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्