Skip to content
LAXMI SUNRISE BANK

बीमा प्राधिकरणको अध्यक्ष बन्न आवेदन दिएकामध्ये ४ जना ‘अयोग्य’ ! पहिलो लटमै फालियो फाइल !

अर्थ सरोकार

काठमाडौँ । नेपाल बीमा प्राधिकरणको अध्यक्ष बन्न आवेदन दिएका १४ मध्ये ४ जना अयोग्य रहेको खुलासा भएको छ । छनोट समिति स्रोतका अनुसार ४ जनाको फाइल अयोग्य भएपछि पहिलो लटमै फालिएको छ ।

प्राधिकरणको अध्यक्षको लागी प्रा.डा. दिपक बहादुर भण्डारी, डा. राजेन्द्र पण्डित घनश्याम बुढाथोकी, विक्रान्त पाण्डे, पारस काफ्ले, विष्णुबाबु मिश्र, बुद्धकाजी श्रेष्ठ, दामोदर बसौला, चिन्तामणी शिवाकोटी, ज्ञानेन्द्र अधिकारी, देव कुमार ढकाल, यज्ञ प्रसाद न्यौपाने, रमेश कुमार भट्टराई, महेश्वर न्यौपानेले आवेदन दिएका छन् । 

यी ४ मध्ये कानुनले तोकेको योग्यता नपुग्ने, फौजदारी केस परेकाले अध्यक्ष बनाउन नमिल्ने लगायतका समस्या देखिएको पाइएको हो । ४ जना अलावा १० जनाको फाइल हेर्ने काम भईरहेको समिति स्रोतको दाबी छ । 

यद्यपि को अध्यक्ष बनाउने भन्ने विषय भने पहिलाको चलनझैँ यसपटक पनि सुरुमै फाइनल भइसकेको दाबी ती अधिकारीको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK