काठमाडौँ । दशैँ सुरु भइसकेको छ । देशभर चाडपर्वको माहोल देखिन थालेको छ । परम्परागत रूपमा राजधानीका ठूला बजार र मलहरूमा यस समयमा ग्राहकको भीड धान्नै नसक्ने अवस्था हुने गर्थ्यो । तर यसपालि त्यस्तो रौनक देखिँदैन । भीडभाड बढ्नुको सट्टा बजारहरू खुलेको तर सुनसान देखिन्छन्, पसलमा ग्राहकको कमी छ र व्यापारीहरू निराश देखिन्छन् ।
राष्ट्रिय व्यापार संघका अध्यक्षले विगत ३० वर्षयताकै न्यून चहलपहल रहेको बताएका छन् । बिक्री ६०-७० प्रतिशतले घटेको व्यापारीहरुको भनाई छ । राजनीतिक अस्थिरता, यातायात समस्या, आर्थिक मन्दी र चीनसँगको सिमाना बन्द हुँदा व्यापार घटेको व्यापारीहरुले बताएका छन् ।
चीनबाट सामान नआएपछि ग्राहकहरू स्थानीय उत्पादनतर्फ धकेलिएका छन् । तर गुणस्तरमा कमी हुँदा प्रतिस्पर्धा गर्न सक्ने अवस्था छैन । चाडपर्वका बेला समेत व्यापार सुस्त हुँदा व्यापारीहरु निराश भएका छन् । बाँकी तस्विरमा हेर्नुहोस्: