Skip to content
LAXMI SUNRISE BANK

पूर्व उर्जामन्त्री दीपक खड्कामाथि अनुसन्धान सुरु, ‘घोटाला’बारे बलियो प्रमाण फेला परेको दाबी !

अर्थ सरोकार

काठमाडौँ । पूर्व उर्जामन्त्री दीपक खड्काविरुद्ध अनुसन्धान सुरु भएको छ । सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले खड्कामाथि अनुसन्धान सुरु गरेको हो ।

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको निर्देशनमा खड्कामाथि अनुसन्धान सुरु भएको हो । खड्कामाथि उर्जामन्त्री हुँदा व्यापक आर्थिक अनियमितता गरेको आरोप छ । 

त्यति मात्र होइन, खड्काले विद्युत प्राधिकरणभित्र ठेक्का प्रक्रियामा पनि आर्थिक लेनदेन गरेको, सरकारी निर्णय गर्दा अनुचित लाभ उठाएको लगायतका आरोपमाथि अनुसन्धान अगाडि बढाइएको विभागका एक उच्च अधिकारीले बताएका छन् ।

ती अधिकारीका अनुसार खड्कामाथि लागेका आरोपसँग सम्बन्धित महत्वपूर्ण प्रमाण पनि संकलन गरिएको छ । ती प्रमाणहरु परीक्षणका लागि प्रहरीको डिजिटल फरेन्सिक ल्याबमा पठाइएको छ । 

पूर्व उर्जामन्त्रीसमेत रहेका खड्का संखुवासभाको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका नेपाली काँग्रेसका नेता हुन् । उनी काँग्रेस सभापति शेर बहादुर देउवाका निकट पात्र हुन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK