काठमाडौँ । जेनजी आन्दोलनका बेला बैंकमा बसेर काम गरिरहेका बखत कृषि बिकाश बैंकका कर्मचारी अशोक श्रेष्ठलाई टाउकोमा गोली लागेको छ ।
बैंकमा काम गरिरहेका बेला एक्कासी गोली आएर टाउकोमा लागेको र उनी घाइते भएको बैंकका कर्मचारीहरु बताउँछन् ।
टाउकोमा गोली लागेपछि श्रेष्ठलाई नजिकै रहेको अन्नपूर्ण न्युरो अस्पतालमा लागिएको थियो । उनको टाउकोमा लागेको गोली निकालीसकिएको छ । उनी अहिले खतरामुक्त छन् ।
जेनजीको आन्दोलनमा कृषि बिकास बैंक बढी नै निशानामा परेको थियो । सरकारी बैंक भएकाले बढी निशानामा पारिएको हुन सक्ने अनुमान स्वयम् कर्मचारीहरुको छ । ठाउँ ठाउँमा बैंकका एटिएमहरु फुटाईएका छन् ।
बैंकको लाहान शाखामा पनि तोडफोड भएको छ भने बैंकको गाडीमासमेत आगजनीको प्रयास भएको छ । बैंकको किर्तिपुरस्थित शाखामा पनि तोडफोड भएको छ ।
कृषि बिकास बैंकका कर्मचारीहरुका अनुसार जेनजीका प्रदर्शनकारीहरु ‘ओलीको बैंक मुर्दाबाद’ भन्दै नारा लगाउँदै आएका थिए । लगत्तै बैंकका कर्मचारीलाई गोली लागेको थियो ।
केहि समय अघि मात्र केपी शर्मा ओली नेतृत्वको सरकारले एमाले नेता डिम प्रकाश पौडेललाई बैंकको अध्यक्षमा नियुक्त गरेको थियो । ओलीको सो निर्णय त्यतिबेला देखि नै विवादमा छ । बैंकका सीइओ गोबिन्द गुरुङ एमाले नेता तथा पूर्व सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङनिकट मानिन्छन् ।