काठमाडौँ । काठमाडौंका विभिन्न स्थानमा छठ पर्वको तयारी भइरहेको छ । काठमाडौंको गौरीघाटमा मैथिली समुदायले मनाउने छठ पर्वको तयारी पनि सुरु भएको छ।
छठ पर्वका लागि गौरीघाट, कमलपोखरीलगायत नदी किनारामा सरसफाई र सजावटको कार्य सुरू भएको छ ।
खासगरी, तराईमा मनाइने छठ पर्व अहिले काठमाडौं उपत्यकामा पनि मनाउने क्रम बढ्दै गएको छ । यस पर्वमा नदी, ताल, लघु ताल, र पोखरीको किनार सिँगारेर घाट तयार गरिन्छ । केराका थम्बा, झिलिमिली बत्ती र सूर्यास्त र उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व मनाइन्छ ।
छठको तयारी तीव्र रूपमा भइरहेको छ र यस पटक गौरीघाटमा ६१० स्टलहरू तयार पारिदैछ भन्ने जानकारी गौरीघाट छठ विकास समितिका अध्यक्ष अनिल सिंहले दिएका छन् । सो स्टल प्रयोग गर्न प्रति व्यक्तिले १५०० रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ । बाँकी तस्विरमा हेर्नुहोस्:














