Skip to content
LAXMI SUNRISE BANK

कुलमान जागेपछि भकाभक पैसा तिर्दै उद्योगी, पैसा तिर्ने १० उद्योगमा लाइन जोडियो, नतिर्ने १५ उद्योगमा अझै अन्धकार !

अर्थ सरोकार

काठमाडौँ । उर्जामन्त्री कुलमान घिसिङले बिजुलीको बक्यौता उठाएरै छोड्ने अडान लिएपछि बक्यौता तिर्न बाँकी उद्योगीहरुले पैसा तिर्न थालेका छन् । पैसा नतिरेसम्म उद्योगमा लाइन नजोडिने भएपछि उद्योगीहरुले भकाभक बिजुलीको बक्यौता तिर्न थालेका हुन् । 

हालसम्म डेडिकेटेड तथा ट्रंक लाइनको महसुलबापतको अतिरिक्त प्रिमियम शुल्क तिर्न बाँकी रहेका १० उद्योगहरुले पहिलो किस्ताबापतको रकम बुझाएका छन् । किस्ता तिर्ने १० उद्योगमा प्राधिकरणले लाइनसमेत जोडिसकेको छ । 

बिजुलीको बक्यौता तिर्न प्राधिकरणले उद्योगीहरुलाई २८ किस्ताको सुविधा दिएको थियो । सोही सुविधा अन्तर्गत उद्योगीहरुले अहिले पहिलो किस्ताबापतको रकम तिर्न थालेका छन् ।

किस्ता तिर्ने १० उद्योगमा काटिएको लाइन जोडिसकेको विद्युत प्राधिकरणले जनाएको छ । अझै १५ उद्योग बक्यौता तिर्न आएका छैनन् । किस्ता नतिरेपछि ती उद्योगमा अझै अन्धकार छ । महसुलबापतको रकम नआएको १५ उद्योगमा लाइन नजोडिएको प्राधिकरणले जनाएको छ । 

बक्यौता नतिरेको भन्दै प्राधिकरणले उद्योगको लाइन काटेपछि उद्योगीहरु प्रधानमन्त्री सुशीला कार्की भेट्न पुगेका थिए । प्रधानमन्त्री, मन्त्री, उद्योगी लगायतको छलफलमा पहिलो किस्ताबापतको रकम बुुझाएपछि लाइन जोड्ने सहमति भएको थियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK