Skip to content
LAXMI SUNRISE BANK

विकास बैंकहरुको खराब कर्जा बढ्यो, नारायणी डुब्ने अवस्थामा, कर्पोरेट र सप्तकोशीको पनि हालत खराब !

अर्थ सरोकार

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकले विकास बैंकहरुको खराब कर्जा बढेको देखाएको छ । तथ्यांकअनुसार विकास बैंकहरुको खराब कर्जा ६८ प्रतिशतसम्म पुगेको हो ।

राष्ट्र बैंकको तथ्यांक अनुसार गत असार मसान्तसम्म विकास बैंकहरुको औसत खराब कर्जा अनुपात ४.६३ प्रतिशत पुगेको छ ।

विकास बैंकहरुमध्ये सबैभन्दा धेरै खराब कर्जा नारायणी डेभलपमेन्ट बैंकको छ । समीक्षा अवधिमा बैंकको खराब कर्जा ५०.९७ प्रतिशत छ । दोस्रोमा कर्पोरेट डेभलपमेन्ट बैंकको खराब कर्जा १२.५६ प्रतिशत छ । तेस्रोमा रहेको सप्तकोशी डेभलपमेन्ट बैंकको खराब कर्जा ९.१० प्रतिशत छ ।

त्यस्तै, ज्योति विकास बैंकको खराब कर्जा ७.९८ प्रतिशत छ भने एक्सेल डेभलपमेन्ट बैंकको खराब कर्जा ६.७१ प्रतिशत, सिन्धु विकास बैंकको खराब कर्जा ६.०३ प्रतिशत, सांग्रिला डेभलपमेन्ट बैंकको खराब ५.६४ प्रतिशत पुगेको छ ।

त्यस्तै, महालक्ष्मी विकास बैंकको खराब कर्जा ४.८५ प्रतिशत, गरिमा विकास बैंकको खराब कर्जा ४.७२ प्रतिशत, लुम्बिनी विकास बैंकको खराब कर्जा ४.५५ प्रतिशत, शाइन रेसुंगा डेभलपमेन्ट बैंकको खराब कर्जा ४.२४ प्रतिशत, कामना सेवा विकास बैंकको खराब कर्जा ३.३८ प्रतिशत, ग्रिन डेभलपमेन्ट बैंकको खराब कर्जा ३.३३ प्रतिशत, मुक्तिनाथ विकास बैंकको खराब कर्जा २.७५ प्रतिशत, साल्पा विकास बैंकको खराब कर्जा २.६२ प्रतिशत र मितेरी डेभलपमेन्ट बैंकको खराब कर्जा ०.२८ प्रतिशत पुगेको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK