काठमाडौँ । गण्डकी प्रदेशमा बियर र चुरोटको उत्पादन बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक गतिविधि सम्बन्धी अध्ययन प्रतिवेदनले गण्डकीमा बियर र चुरोटको उत्पादन बढेको देखाएको हो ।
राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार गण्डकीमा आर्थिक वर्ष २०८१/८२ मा बियरको उत्पादन १२.२६ प्रतिशत र चुरोटको उत्पादन १०.५३ प्रतिशतले बढेको छ ।
त्यस्तै, गत आर्थिक वर्षमा गण्डकीमा चाउचाउको उत्पादन सर्वाधिक ४४.९८ प्रतिशतले बढेको छ । गण्डकीमा अघिल्लो आर्थिक वर्षको तुलनामा चकलेट, बिस्कुट, ट्याबलेट औषधिको उत्पादन भने घटेको छ ।
२०८०/८१ मा ३ हजार १ सय ८९ मेट्रिक टन उत्पादन भएको चकलेट आर्थिक वर्ष २०८१/८२ मा २ हजार ९ सय ४३ मेट्रिक टनमा झरेको छ । बिस्कुटको उत्पादन पनि ७ हजार १ सय १६ मेट्रिक टनबाट घटेर ६ हजार ६ सय ८८ मेट्रिक टनमा झरेको छ । त्यस्तै, अघिल्लो आर्थिक वर्षमा १८ करोड ६२ लाख थान उत्पादन भएको ट्याबलेट औषधी गत आर्थिक वर्षमा घटेर १६ करोड २५ लाख थान मात्र उत्पादन भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्