काठमाडौँ । सिटिजन्स बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार बैंक पहिलो त्रैमासमा घाटामा देखिएको छ ।
बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार पहिलो त्रैमासमा बैंकको खुद नाफा २२ करोड ४ लाख ११ हजार रुपैयाँ ऋणात्मक छ । जबकी बैंकले गत आर्थिक वर्षको सोही अवधिमा १९ करोड ८२ लाख २० हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी भने बढेर १ अर्ब ४९ करोड ७८ लाखबाट १ अर्ब ६६ करोड ६२ लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा पनि ३७ करोड १८ लाख ५४ हजार रुपैयाँ ऋणात्मक छ ।
यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा पनि ४१ करोड ४७ लाख ७८ हजार रुपैयाँ ऋणात्मक छ । समीक्षा अवधिमा बैंकको खराब कर्जा पनि ५.४१ प्रतिशतबाट बढेर ६.८४ प्रतिशत पुगेको छ । १४ अर्ब ७६ करोड ९० लाख रुपैयाँ चुक्तापुँजी रहेको बैंकको जगेडा कोष ४१ करोड ४७ लाख ऋणात्मक छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्