Skip to content
LAXMI SUNRISE BANK

सात लाख विद्युतीय पासपोर्ट खरिद गर्ने सरकारको निर्णय

अर्थ सरोकार

काठमाडौँ । सरकारले सात लाख थान विद्युतीय राहदानी (पासपोर्ट) खरिद गर्ने निर्णय गरेको छ । शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले अन्तरिम अवधिका लागि सात लाख थान विद्युतीय राहदानी खरिद गर्ने निर्णय गरेको हो ।

नयाँ सम्झौता अनुसार राहदानी जारी नहुँदासम्म सरकारले हालकै आपूर्तिकर्तासँग सात लाख थान विद्युतीय राहदानी खरिद गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिएका छन् । 

खरेलले हालकै आपूर्तिकर्तासँग भेरियसन आदेशबाट विद्युतीय राहदानी खरिद गर्न राहदानी विभागलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको बताएका छन् । राहदानीको अभाव देखिएपछि सरकारले सम्झौता रद्द भइसकेको फ्रान्सेली कम्पनीसँगै अन्तरिम अवधिका लागि राहदानी खरिद गर्ने निर्णय गरेको खरेलको भनाई छ 

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK