काठमाडौँ । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकका ३५ सेयरधनीको सेयर १ प्रतिशतमा झार्ने भएको छ । राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकका २५ संस्थापक र १० सर्वसाधारण सेयरधनीको सेयर १ प्रतिशतमा झार्ने भएको हो ।
‘समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकका सेयरधनीहरुको सेयरपूँजी घटाउने सम्बन्धी सूचना’ प्रकाशित गर्दै राष्ट्र बैंकले यस्तो जनाएको हो ।
राष्ट्र बैंकद्वारा जारी सूचनामा हाल बैंकमा २५ जना संस्थापक सेयरधनीको २१ लाख ६०.६४ कित्ता सेयर छ । उक्त सेयरलाई एक प्रतिशतमा झार्दा २५ जना संस्थापक सेयरधनीको सेयर संख्या २१ हजार तीन सय ६०.६१ कित्ता मात्रै कायम हुनेछ ।
त्यस्तै, १० जना सर्वसाधारण सेयरधनीको कुल १२ हजार ६ सय ८४.९८ कित्ता सेयरलाई एक प्रतिशतमा झार्दा उनीहरुको सेयर १२६.८५ कित्ता मात्र कायम हुनेछ । नेप्सेमा बैंकको ५० लाख २८ हजार तीन सय कित्ता सूचीकृत छन् । जसमध्ये संस्थापकतर्फ २५ लाख ६४ हजार ४३३ कित्ता छन् भने सर्वसाधारण तर्फ २४ लाख ६३ हजार ८६७ कित्ता सूचीकृत छन् । बैंकको उक्त सेयरबाट कुल ४२ प्रतिशत सेयर घट्ने देखिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्