काठमाडौँ । दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान अन्तर्गतको ऋणी एशोसिएसनका संयोजक देवी संग्रौलाले बैंक तथा वित्तीय संस्थाका सिइओहरुसँग आफूहरुले कुनै चन्दा नमागेको बताएका छन् । अर्थ सरोकारको टेलिभिजन कार्यक्रम ‘तथ्य र तर्क’मा बोल्दै संग्रौलाले यस्तो बताएका हुन् ।
उनले पछिल्लो दिन आफूहरुले बैंक तथा वित्तीय संस्थाका सिइओसँग चन्दा मागेको भन्दै फैलाइएको हल्ला भ्रामक भएको दाबी गरेका छन् ।
‘हामीले कुनै पनि बैंक तथा वित्तीय संस्थाका सिइओसँग चन्दा वा आर्थिक सहयोग मागेको छैन, होइन ।’, संग्रौलाले भने, ‘दुर्गा प्रसाईंको अभियानलाई बदनाम गराउन संयोजकले चन्दा मागे भन्दै गलत हल्ला फैलाइएको हो । हामीले कसैसँग पनि चन्दा मागेका छैनौँ । मागेको भए प्रमाण पेस गर्नु चुनौती दिन्छु ।’
त्यस्तै, उनले आफूहरुलाई बदनाम गराउन लागि परेका केही समूहले नियतबस् त्यस्तो हल्ला चलाएको दाबी गरेका छन् । बरु मंसिर ७ गतेका लागि घोषणा गरिएको आन्दोलनमा भौतिक सहयोग गर्न बैंकका सिइओहरुलाई पत्राचार गरेको भने संग्रौलाले स्वीकारेका छन् ।
‘हामीले मंसिर ७ गते आन्दोलन हुँदैछ । भौतिक सहयोग गर्नुस् भनेर जानकारी पत्र पठाएका हौँ ।’, उनले भने, ‘तर चन्दा दिनुस् भनेको होइन । सामान्य रुपमा दिइएको जानकारी पत्र देखाएर नभएको हल्ला चलाइयो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्