×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कीर्तिपुरमा एनपीएलको रौनक (तस्विरहरू)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

कीर्तिपुरमा एनपीएलको रौनक (तस्विरहरू)

Artha Sarokar

१ मंसिर २०८२, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको उद्धघाटन खेलमा काठमाडौँ गोर्खाजले साविक विजेता जनकपुर बोल्ट्सविरुद्ध फिल्डिङ गर्दैछ ।

र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तरराष्ट्रिय क्रिकेट मैदानमा काठमाडौँ गार्खाजका कप्तान करण केसीले टस जितेर जनकपुरका कप्तान अनिल साहलाई पहिला ब्याटिङको निम्तो दिँदै फिल्डिङ गर्ने निर्णय गरेका हुन् ।

काठमाडौँले भारतका मोन्टी देसाईलाई मुख्य प्रशिक्षकको जिम्मेवारी सुम्पेको छ । मोन्टी नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वमुख्य प्रशिक्षकसमेत हुन् । काठमाडौँले विदेशी खेलाडीका रूपमा दक्षिण अफ्रिकाका रिकार्डो भास्कोनेसेलोस, स्कटल्यान्डका जेरहार्ड इरास्मस, अमेरिकाका मिलिन्द कुमार र सन्नी पटेल तथा इङ्ल्यान्डका बेन चाल्र्सवर्थ र जोन सिम्पसनलाई आफ्नो टोलीमा समावेश गरेको छ ।

काठमाडौँले अन्य खेलाडीमा भीम सार्की, शाहव आलम, राशिद खान, दीपेश कँडेल, प्रतिक श्रेष्ठ, मोहम्मद आदिल आलम अन्सारी, सन्तोष यादव, आकाश त्रिपाठी, उत्तम थापामगर र तुलबहादुर थापा रहेका छन् ।

जनकपुर बोल्ट्सका प्रशिक्षकमा वेस्ट इन्डिजका शिवनारायण चन्द्रपाल रहेका छन् । जनकपुरले दक्षिण अफ्रिकाका इमरान ताहिर र वायने पार्नेल, श्रीलङ्काका लाहिरु मिलान्था, अमेरिकाका सञ्जय कृष्णमुर्ती र नामिबियाका निकोल लोफ्टी इटोनलाई टोलीमा समावेश गरेको छ ।

जनकपुरको टोलीमा आसिफ शेख, अनिलकुमार साह, ललितनारायण राजवंशी, किशोर महतो, रुपेश सिंह, तुलबहादुर थापामगर, मयन यादव, आदित्य महता, विकास आग्री र सचिन भट्ट रहेका छन् । बाँकी तस्विरमा हेर्नुहोस्:

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी