Skip to content
LAXMI SUNRISE BANK

‘एनपीएल सिजन-२’ मा ४४ करोड बढी आम्दानी हुने अनुमान, विजेतालाई एक करोड ११ लाख पुरस्कार

अर्थ सरोकार

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ मा ४४ करोड बढी आम्दानी हुने अनुमान गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले यसपालिको एनपीएल सिजन-२ मा ४४ करोड बढी आम्दानी हुने अनुमान गरेको हो ।

‘एनपीएल सिजन-२’ मा क्यानले प्रयोजकबाट मात्र १५ करोड रुपैयाँ आम्दानी हुने अनुमान गरेको छ । 

त्यस्तै, फ्रेञ्चाइज टोलीबाट ९ करोड, टिकट बिक्रीबाट १२ करोड, ओटीटी राइट्स बिक्रीबाट ५ करोड ३० लाख र टिभी राइट्स बिक्रीबाट ३ करोड रुपैयाँ गरी ‘एनपीएल सिजन-२’ अवधिभरमा कुल ४४ करोड रुपैयाँ भन्दा बढी आम्दानी हुने क्यानले अनुमान गरेको छ ।

क्यानले ‘एनपीएल सिजन-२’ विजेता टिमलाई एक करोड ११ लाख, उपविजेता टिमलाई ५१ लाख, तेस्रो हुने टिमलाई पुरस्कारस्वरुप २५ लाख र चौथो हुने टिमलाई १५ लाख दिने जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK