Skip to content
LAXMI SUNRISE BANK

कोरिया पठाउन ढिला गरेको भन्दै ईपीएस शाखामा आन्दोलन, युवाहरुद्वारा कोरिया शाखा घेराउ !

अर्थ सरोकार

काठमाडौँ । युवाहरुले रोजगार अनुमति प्रणाली (ईपीएस) शाखामा आन्दोलन गरेका छन् । भाषा परीक्षा पास गरे पनि कोरिया पठाउन ढिलाइ गरेको भन्दै युवाहरुले ईपीएस कोरिया शाखामा आन्दालेन गरेका हुन् । 

आन्दोलन गर्दै ललितपुरको ग्वार्कोस्थित ईपीएस कोरिया शाखा पुगेका युवाहरुले कार्यालय घेराउ गरेका थिए । 

उनीहरुले भाषा परीक्षा पास गरेको दुई वर्ष बितिसक्दा पनि कोरिया जान नपाएको भन्दै चर्को नाराबाजी गरेका छन् । सन् २०२५ का लागि लिइएको भाषा परीक्षामा १७ हजार ३० जना उत्तिर्ण भएका थिए । ती मध्ये अधिकांश करार सम्झौता नहुँदा कोरिया जान पाएका छैनन् । 

आन्दोलनमा उत्रिएका युवाहरुले भाषा परीक्षा र सीप परीक्षा पास गरेका कामदारहरुलाई छिटो कोरिया पठाउन माग गरेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK