काठमाडौँ । रिलायन्स स्पिनिङ मिल्सले विद्युत प्राधिकरणलाई तिर्नुपर्ने बिजुलीको बक्यौताको पहिलो किस्ता तिरेको छ । किस्ता नतिरेसम्म लाइन जोडिने छाँटकाँट नदेखेपछि कम्पनीले पहिलो किस्ता बापतको रकम प्राधिकरणमा बुझाएको हो ।
कम्पनीले विद्युत प्राधिकरणले दिएको २८ किस्ताको सुविधा अन्तर्गत पहिलो किस्ताबापत २ करोड ७७ लाख रुपैयाँ तिरेको विद्युत प्राधिकरणका एक अधिकारीले बताएका छन् ।
ती अधिकारीका अनुसार कम्पनीले डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेबापत कुल ७५ करोड ३७ लाख रुपैयाँ बक्यौता तिर्न बाँकी थियो । पहिलो किस्ताबापतको रकम तिरे पनि कम्पनीले अझै ७२ करोड ६० लाख रुपैयाँ तिर्न बाँकी छ ।
पहिलो किस्ता तरे पनि बाँकी रहेको ७० करोड बढी बक्यौता रकम कम्पनीका लागि ‘टाउको दुखाई’को विषय बनेको छ । हाल कम्पनी जसोतसो आइपिओ जारी गर्नेतर्फ जाने र आइपिओबाट पैसा उठाएर प्राधिकरणको बक्यौता तिर्ने योजनामा रहेको बुझिएको छ । यसअघि प्राधिकरणलाई तिर्न बाँकी बक्यौताकै कारण कम्पनीको आइपिओ प्रक्रिया स्थगित गरिएको थियो ।
हाल भने पहिलो किस्ता बापतको रकम तिरेपछि प्राधिकरणले कम्पनीमा काटिएको लाइन जोडिदिएको छ । लाइन जोडिएसँगै उद्योग पुनः सुचारु भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्