काठमाडौँ । नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयले पूर्व उर्जामन्त्री दीपक खड्काको कम्पनीलाई बहाल बक्यौता रकम तिर्न अल्टिमेटम दिएको छ । एक सूचना जारी गर्दै स्काउटले खड्काको कम्पनी खड्का ल्याण्ड डेभलपमेन्ट प्रालिलाई भाडा तिर्न ७ दिनको अल्टिमेटम दिएको हो ।
स्काउटले जारी गरेको सूचना अनुसार खड्काको कम्पनीले युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको स्काउटको स्वामित्वमा रहेको जग्गा र सो जग्गामा निर्माण भएका संरचना भाडामा प्रयोग गर्दै आएको थियो ।
तर, भाडामा प्रयोग गर्दै आएको जग्गा र भवनको भाडा नतिर्दा स्काउटलाई ठूलो क्षति पुगेको स्काउटले जारी गरेको सूचनामा उल्लेख छ । सोही कारण खड्काको कम्पनीलाई बहालको बक्यौता रकम तिर्न ७ दिनको समय दिइएको स्काउटले जनाएको छ ।
स्काउटका अनुसार बक्यौता रकम तिर्न खड्काको कम्पनीलाई दिइएको यो अन्तिम मौका हो । सात दिनभित्र बक्यौता नतिरे सम्झौताको बुँदा नम्बर ४ र मुलुकको देवानी संहिता २०७४ को परिच्छेद १२, दफा ६१९-६२० (४) र ६२१ बमोजिम जग्गामा निर्माण भएका भौतिक संरचना र सामानहरु जफत गर्ने स्काउटले चेतावनी दिइएको छ ।
पूर्व मन्त्रीसमेत रहेका खड्कामाथि स्काउटको जग्गा कब्जा गरेर खड्का ल्याण्ड प्रालि स्थापना गरेको आरोप लाग्दै आएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्