काठमाडौँ । आईपीओ ल्याउने तयारी गरेको लुप नेटवर्क्सको लाइसेन्स खारेज भएको छ । कम्पनी सञ्चालन गर्न नसक्ने भन्दै सरेन्डर गरेपछि नेपाल दूरसञ्चार प्राधिकरणले लुप नेटवर्क्सले पाएको दुईवटा लाइसेन्स खारेज गरेको हो ।
प्राधिकरणले गत वर्ष २०८१ कार्तिक ३० गतेदेखि नै लागू हुनेगरि लुप नेटवर्क्सले पाएको इन्टरनेट (इमेलसहित) र नेटवर्क सेवा प्रदायक दुवै लाइसेन्स खारेज गरेको जनाएको छ ।
२०७३ साउन २ गते इन्टरनेट सेवा सञ्चालन र २०७९ साउन ४ गते नेटवर्क सेवा प्रदायकको लाइसेन्स पाएको लुप नेटवर्क्सले गत वर्ष नै कम्पनी चलाउन नसक्ने भन्दै प्राधिकरणमा निवेदन बुझाएको थियो । प्राधिकरणका अनुसार कम्पनीले तिर्नुपर्ने रकमको सम्बन्धमा ३० दिनभित्र प्राधिकरणमा सम्पर्क गर्नुपर्नेछ ।
प्राथमिक सेयर (आईपीओ) जारी गर्नकै लागि पब्लिक कम्पनीमा रुपान्तरण भएको लुप नेटवर्क्सले २०७८ सालमा आईपीओ निष्कासनका लागि एनआईसी एशिया क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको थियो । तर, कम्पनी नै सञ्चालन गर्न नसक्ने भन्दै प्राधिकरणमा निवेदन बुझाएपछि कम्पनीको लाइसेन्स नै खारेज भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्