काठमाडौँ । कर्णाली प्रदेशमा मोबाइल बैंकिङ चलाउनेको संख्या ९ लाख नाघेको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘कर्णाली प्रदेशको आर्थिक गतिविधि अध्ययन प्रतिवेदन २०८१/८२’ अनुसार कर्णाली प्रदेशमा मोबाइल बैंकिङ चलाउनेको संख्या ९ लाख ४ हजार ४ सय ३१ रहेको देखाएको हो ।
अध्ययन प्रतिवेदन अनुसार कर्णाली प्रदेशमा मोबाइल बैंकिङ चलाउनेहरु सबैभन्दा धेरै सुर्खेतमा छन् । सुर्खेतमा मात्र मोबाइल बैंकिङ चलाउनेको संख्या ३ लाख ५३ हजार २ सय छ ।
त्यस्तै, मुगुमा मोबाइल बैंकिङ चलाउने सबैभन्दा कम छन् । मुगुमा मोबाइल बैंकिङ चलाउनेको संख्या १९ हजार ८ सय ९९ रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ ।
राष्ट्र बैंकको प्रतिवेदन अनुसार हाल कर्णाली प्रदेशमा कुल १ सय १७ वटा एटिएम बुथ सञ्चालनमा छन् । जसमध्ये मुगुमा २, हुम्लामा २, जुम्लामा १२, कालिकोटमा ५, दैलेखमा १३, जाजरकोटमा ७, रुकुमपश्चिममा १६, सल्यानमा १५ र सुर्खेतमा ४५ वटा एटिएम रहेका छन् । डोल्पामा भने एउटा पनि एटिएम बुथ सञ्चालनमा नरहेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्