Skip to content
LAXMI SUNRISE BANK

ऋण असुल्न भनेर गएका ज्योति विकास बैंकका कर्मचारीलाई ऋणीले कालोमोसो दले, अनि कुटेर लखेटे !

अर्थ सरोकार

काठमाडौँ । ऋण असुली गर्न गएका ज्योति विकास बैंकका कर्मचारीमाथि दुर्व्यवहार भएको छ । बैंकको सप्तरीस्थित रुपनी शाखाका कर्मचारीमाथि दुर्व्यवहार भएको हो ।   

ऋण असुलीका क्रममा ऋणी र परिवारका सदस्यले बैंकका कर्मचारीमाथि दुर्व्यवहार गरेको बैंकका सूचना अधिकारी प्रकाश बरालले पुष्टि गरेका छन् । 

बैंकको रुपनी शाखाका कर्मचारीका अनुसार ऋणीहरुले असुलीमा गएका कर्मचारीलाई कालोमोसो दलेर कुटपिट गर्दै दुर्व्यवहार गरेका थिए । बैंकका कर्मचारीका अनुसार ऋण असुलीका लागि गएका कर्मचारीमाथि मंसिर २५ गते दुर्व्यवहार भएको थियो ।   

सूचना अधिकारी बरालका अनुसार बैंकका कर्मचारी ऋणीसँग छलफलका लागि गएका थिए । तर, कानूनी रुपमा छलफल गर्नकै लागि गएका कर्मचारीमा दुर्व्यवहार भएको बरालले बताएका छन् । 

उनले बैंकका कर्मचारीमाथि भएको दुर्व्यवहारको विषयमा नियामक नेपाल राष्ट्र बैंकमा पनि जानकारी गराइसकेको जानकारी दिएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK