Skip to content
LAXMI SUNRISE BANK

‘कम मूल्यांकन गरेर धितो लिलाम गर्नु भ्रष्टाचार हो, ऋण मिलाइदिन्छु भनेर घुस लिनेलाई कारवाही हुन्छ’- गभर्नर

अर्थ सरोकार

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले ‘ऋण मिलाइदिन्छु’ भन्दै घुस लिनेलाई कारवाही गरिने बताएका छन् । काठमाडौँमा आयोजित नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को वार्षिकोत्सव कार्यक्रममा बोल्दै गभर्नर पौडेलले यस्तो बताएका हुन् । 

उनले धितो राखेर ऋणीहरुले ऋण लिने र सो धितो लिलाम गर्दा कम मूल्यांकन गरेर बेच्नुलाई राष्ट्र बैंकले करप्सनका रुपमा लिएको बताएका छन् । 

यसरी धितो लिने बेलामा भन्दा कम मूल्यांकनमा लिलाम गर्ने प्रवृत्ति हटाउनेसमेत गभर्नर पौडेलले बताएका छन् । त्यस्तै, उनले ‘ऋण मिलाइदिन्छु’ भन्दै घुस लिने गतिविधि पनि रोक्न राष्ट्र बैंक लागि परेको बताएका छन् । 

सरकारी बैंकबाट ऋण मिलाइदिने भन्दै बार्गेनिङ हुँदा सरकारी निकायहरुले रोक्न सक्ने भए पनि निजी बैंकहरुमा हुने त्यस्ता गतिविधिहरु रोक्न चुनौति रहेको गभर्नर पौडेलको भनाई छ । उनले यस्ता गतिविधिलाई राष्ट्र बैंकले गम्भीर रुपमा लिएको र यसरी घुस लिनेलाई कारवाही गर्ने पनि बताएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK