काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रिहाई गर्दा अदालतले विभिन्न सर्त राखेको छ । बिहीबार रविलाई धरौटीमा रिहा गर्न आदेश दिँदै तुलसीपुर उच्च अदालतको बुटवल इजलासले रविको रिहाईमा विभिन्न सर्त अघि सारेको हो ।
अदालतले राखेका विभिन्न सर्तमध्ये रविले व्यक्तिगत वा संस्थागत रुपमा विदेश जानुपरे अदालतलाई पूर्वजानकारी दिनुपर्नेछ । अर्थात, रवि रिहा भएपछि वैदेशिक यात्रामा जानुपरे अदालतको स्वीकृति लिनुपर्नेछ ।
त्यस्तै, अदालतले रवि थुनामुक्त हुन पछि फैसला बमोजिम थप बिगो र जरिवाना तिर्नुपरेमा तयार भएको कागज गर्नुपर्ने अर्को सर्त राखेको छ ।
बिहीबार उच्च अदालत तुलसीपुरका न्यायाधीशहरू बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले रविलाई २ करोड ६८ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्