काठमाडौँ । कामना सेवा विकास बैंकले नेपाल बार एशोसिएशन, रामशाहपथलाई कम्प्युटर हस्तान्तरण गरेको छ । भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनको क्रममा उत्पन्न भएको तोडफोड तथा आगजनीको घटनाबाट नेपाल बार एशोसिएशनको भवन, भवन परिसरमा क्षति भएकोले बैंकले कार्यालय संचालन गर्न आवश्यक कम्प्युटर हस्तान्तरण गरेको हो ।
बैंकका कानुन विभागका प्रमुख तथा अधिवक्ता डण्डापानी भट्टराईले नेपाल बार एशोसिएशनका अध्यक्ष वरिष्ठ अधिवक्ता प्रा. डा. विजयप्रसाद मिश्रलाई कम्प्युटर हस्तान्तरण गरेका छन् । उक्त हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष प्रा. डा. मिश्रले बैंकद्वारा गरिएको कम्प्युटर हस्तान्तरणले एशोसिएशनमा काम गर्नको लागि महत्वपुर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
उक्त कार्यक्रममा बोल्दै बैंकका कानुन विभागका प्रमुख तथा अधिवक्ता भट्टराईले नेपाल बार एशोसिएशनको समन्वयमा समुन्नत समाज विकासको लागि सहयोग गर्दै हातेमालो गर्न पाएकोमा खुशी व्यक्त गरे ।
उक्त कार्यक्रममा बैंकका सिएसआर विभाग प्रमुख सुशिल पौडेल, बार एशोसिएशनका महासचिव वरिष्ठ अधिवक्ता केदार प्रसाद कोइराला लगायतका व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्