काठमाडौँ । प्रभु बैंकका सीइओ अशोक शेरचन, डेपुटी सीइओ मणिराम पोखरेल र कर्जा अधिकृत रिवास श्रेष्ठ यति बेला सीआईबीको हिरासतमा छन् । हिरासतमा अहिले उनीहरुलाई प्रहरीले बयान लिने लगायतको काम गरिरहेको छ । उनीहरुलाई भेट्न आफन्तहरु, बैंकका कर्मचारी र अन्य शुभचिन्तकहरु पुगिरहेका छन् । तर, हिरासतमा देखिने कतिपय दृश्यले मन नै अमिलो बनाएको उनीहरुलाई भेटेर आउनेहरुले बताएका छन् ।
बेला बेला रोहिररहन्छन् मणिराम
कुनै हालतमा सीइओलाई जेल पठाउने हो भन्दै बैंकभित्रका कतिपय सामान्य कैफियतलाई पनि ठुलो बनाएर सुनाउने गरेको आरोप लागेका बैंकका डेपुटी सीइओ मणिराम पोखरेललाई भेट्न उनका आफन्त बाहेक खासै कोहि आएका छैनन् । उनीविरुद्ध ऋणको फाइलमा कमिसन उठाएको थुप्रै आरोपहरु लागेको थियो । तर ती व्यापारीहरु पनि उनलाई भेट्न नआएको उनी निकटहरु बताउँछन् । बिगत लामो समयदेखि बैंकिङमा अनेक बदमासी गरे पनि जोगिएका उनी बैंकिङको उत्तरार्द्धमा आएर प्रहरी हिरासतमा पुगेपछि उनी बिरक्तिएको र यो केसमा आफु नफसे पनि अरु केसमा आफुलाई बैंकले नै खोरमा पुर्याउने भयो भन्दै उनी आत्तिएका छन् ।
‘यो केसमा त खासै केहि छैन, छुटिएला । तर, सीइओ विरुद्ध म लागेको कुरा अव छताछुल्ल भईसकेको छ । अव बैंकले मलाई छाड्दैन होला । अव मेरो त बास नै जेलमा हुने भयो भन्ने पीर छ ।’ उनको भनाई उदृत गर्दै उनका एक आफन्तले भने ।
बैंकले आफुले गरेका गलत कामबारे खोजिनिधि गरिरहेकोबारे पोखरेल जानकार छन् । ‘यहि कारण पनि उनी बेला बेला आँखाबाट पिलिक पिलिक आँशु झारिरहन्छन् । कसैसँग बोल्दा पनि उनको बोली कापिरहेको छ ।’ उनको भनाई उदृत गर्दै उनलाई भेट्न गएका अर्का एक बैंकका कर्मचारीले भने ।
रिवास दिन्छन् आफन्तलाई ढाडस
यता पक्राउ परेका बैंकका कर्जा अधिकृत रिवास श्रेष्ठले आफुले केहि दिन दुख पाए पनि यो केसमा जेल जाने खालको केहि पनि नभएको भन्दै परिवारलाई ढाडस दिईरहेका छन् । उनले आफुलाई अनुसन्धानका लागि प्रहरीले हिरासतमा लिनु ठुलो कुरा नभएको भन्दै परिवारलाई आत्तिनु नपर्ने बताईरहेका छन् । ‘प्रहरीलाई आवश्यक लाग्यो,हामीलाई ल्याइयो, अनुसन्धान भईरहेको छ, कैफियत कतै छैन । हामी सफाई पाएर छिट्टै घर फर्कनेछौँ ।’ उनले परिवारलाई दिएको ढाडस सुनेका बैंकका एक कर्मचारीले अर्थ सरोकारसँग भने ।
सीइओको आत्मविश्वास – ‘बिराएको छैन, डराएको छैन’
सीइओलाई प्रहरीले नियन्त्रणमा लिएपछि प्रभु बैंकका सीइओलाई भेट्न ठुलो संख्यामा आफन्त र शुभचिन्तक पुगेका छन् । आफुले केहि पनि गल्ती नगरेकाले आफुलाई केहि पनि नहुनेमा उनी ढुक्क छन् । ‘कहीं कतै बिगारिएको छैन, नबिराएपछि किन डराउनु ?’ उनले भेट्न पुगेका आफन्त र शुभचिन्तकलाई भनेका छन्, ‘बिराएको छैन, डराएको छैन । बाँकी त सब प्रक्रिया हो, यसलाई सक्किन दिउँ ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्