Skip to content
LAXMI SUNRISE BANK

नेको इन्स्योरेन्सका सीइओले एमालेको चुनाव हारे !

अर्थ सरोकार

काठमाडौँ । नेको इन्स्योरेन्सको सीइओ हुँदै नेकपा एमालेको चुनावमा केन्द्रीय सदस्यमा चुनाव लडेका अशोक खड्काले चुनाव हारेका छन् । उनी केन्द्रीय सदस्यमा उठेका थिए ।
बीमा कम्पनीजस्तो संवेदनशील क्षेत्रमा काम गरेर खुलेआम पार्टी राजनीति गरेको भन्दै उनको चौतर्फी आलोचना भईरहेको छ । उनले सामाजिक संजालमार्फत खुलेआम रुपमा भोटसमेत मागिरहेका थिए । तर, आलोचना बढेपछि उनले आफ्नो फेसबुक ह्याक गरेकोसमेत भन्न भ्याएका थिए ।
खड्काले नेकपा एमालेमा मधेश प्रदेश भूगोलको तर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका थिए । तर, सो चुनावमा पनि लज्जास्पद हार व्यहोरेपछि उनी भोलिबाट नियमित काममा फर्कने भएका छन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK