Skip to content
LAXMI SUNRISE BANK

एनआईसी एशिया बैंकका अध्यक्ष अग्रवालले दिए राजीनामा

अर्थ सरोकार

काठमाडौँ । एनआईसी एशिया बैंकका अध्यक्ष तुल्सीराम अग्रवालले राजीनामा दिएका छन् । नियामक नेपाल राष्ट्र बैंकको कारबाहीमा परेपछि अग्रवालले अध्यक्ष पदबाट राजीनामा दिएका हुन् । 

यसो त बैंकको सञ्चालक समितिका अध्यक्ष अग्रवाल र तत्कालीन सिइओ रोशन न्यौपानेलाई राष्ट्र बैंकले यसअघि नै कारबाही गरेको थियो । न्यौपाने यसअघि नै बैंकबाट बाहिरिसकेका छन् । 

अग्रवालले भने राष्ट्र बैंकले कारबाही पत्र दिएपछि राजीनामा दिएको बुझिएको छ । अध्यक्ष र न्यौपानेलाई राष्ट्र बैंकले कारबाहीस्वरुप २/२ लाख रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको थियो । कारबाहीको पत्र बैंकले पुस ४ गते बुझेको थियो । 

अग्रवालको राजीनामा बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK