काठमाडौँ । बाढीले क्षतिग्रस्त रसुवागढी हाइड्रोपावरको एउटा युनिट सञ्चालनमा आएको छ । गत असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीले क्षति पुर्याएको रसुवागढी हाइड्रोपावरको एउटा युनिट शनिबारदेखि सञ्चालनमा आएको हो ।
हाइड्रोपावरको हेडवर्क्स मर्मत गरेर अस्थायी रुपमा नदीबाट पानी डाइभर्सन गरेर एउटा युनिट सञ्चालन गरिएको छ ।
बाँकी रहेका दुईवटा युनिटको मर्मतको काम जारी छ । मर्मत भइरहेको दुई युनिट एक महिनाभित्र सञ्चालनमा ल्याउने तयारी रहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । १ सय ११ मेगावाट क्षमताको रसुवागडी हाइड्रोपावरमा एउटा युनिटबाट ३७ मेगावाट विद्युत उत्पादन हुन्छ ।
हेडवर्क्स मर्मतको काम भने आउँदो वर्षायामभित्र सक्ने लक्ष्य राखिएको प्राधिकरणले जनाएको छ । बाढीका कारण हाइड्रोपावरको हेडवर्क्स, आवास क्षेत्र, विद्युत गृहमा क्षति पुगेको थियो । बाढीले हाइड्रोपावरमा क्षति पुर्याएपछि असारयता विद्युत उत्पादन बन्द थियो ।








प्रतिक्रिया दिनुहोस्