Skip to content

अर्थमन्त्रीविरुद्ध ओझाको रिट दर्ता गर्न सर्वोच्चको आदेश

Dish Home

अर्थ सरोकार

४६ मिनेट अगाडि

काठमाडौँ । बर्खास्तीमा परेका नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले अर्थमन्त्रीविरुद्ध दायर गरेको रिट दर्ता गर्न सर्वोच्चले आदेश दिएको छ । न्यायाधीश अब्दुल अजिज मुसलमान र मेघराज पोख्रेलको संयुक्त इजलासले ओझाले अर्थमन्त्री रामेश्वर खनालविरुद्ध दायर गरेको रिट गर्दा गर्न आदेश दिएको हो ।

ओझाले अर्थमन्त्री खनालविरुद्ध अवहेलना मुद्दामा रिट पेश गरेका थिए । तर, सर्वोच्च प्रशासनले उक्त रिट दरपिठ गरिदिएको थियो ।

यद्यपि आइतबार सर्वोच्चले ओझाको रिट दर्ता गर्न आदेश दिएको छ । ओझा बर्खास्तीमा परेपछि आफूलाई बर्खास्त गर्ने प्राधिकरणको निर्णयविरुद्ध सर्वोच्च गएका थिए । ओझाको पक्षमा फैसला गर्दै सर्वोच्चले बर्खास्तीको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । 

सर्वोच्चको आदेशपछि ओझा पुनः अध्यक्षका रुपमा प्राधिकरण फर्किएका थिए । तर, सरकारले ओझालाई अध्यक्षका रुपमा हाजिर गर्नबाट रोक लगाएको थियो । त्यसपश्चात् ओझा अर्थमन्त्री खनालविरुद्ध सर्वोच्च गएका थिए ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्