Skip to content
LAXMI SUNRISE BANK

तीतो सत्य: ‘राम्रो भएरै’ पाउने होइन बैंक अफ दी एयर अवार्ड, नेपालमा विवादितले झन् बढी पाउने चलन, गर्नुपर्छ ठुलै खर्च !

अर्थ सरोकार

काठमाडौँ । सिटिजन्स बैंकले आफुले दोश्रो पटक बैंक अफ दी एयर अवार्ड पाएको भन्दै ‘ठुलै उपलब्धि’ जसरी प्रचार गरिरहेको छ । कतिपयले दुई पटक सो अवार्ड पाउने सिटिजन्स बैंक नेपालका बैंकहरुमध्ये उत्कृष्ट हो त ? भन्ने प्रश्न गरिरहेका छन् । कतिपयले नबिल, स्याण्डर्ड चार्टर्ड, एभरेष्ट, नेपाल एसबिआईजस्ता राम्रा बैंक छोडेर सिटिजन्स कसरी उत्कृष्ट भयो त भन्ने प्रश्न गरिरहेका छन् ।

हामीले यहि विषय यसअघि अवार्ड प्राप्त गरिसकेका र बैंक अफ दी एयर अवार्डबारे जानकार बैंकरहरुलाई सोधेर केहि तीतो यथार्थका तथ्य संकलन गरेका छौँ । आउनुहोस्, बुँदागत रुपमा बुझौँ यो अवार्डको यथार्थ ।

१. के बैंक अफ एयर अवार्ड नेपालमा रहेका बैंकहरुमध्ये उत्कृष्ट बैंकले पाउने हो ?
-होइन । त्यसो हुँदै होइन । त्यसो भएको भए सिटिजन्स बैंकले सो अवार्ड पाउने थिएन । नेपालमा स्याण्डर्ड चार्टर्ड, एभरेष्ट, नेपाल एसबिआई लगायतका बैंकभन्दा सिटिजन्स उत्कृष्ट भनेर कसैले पत्याउँछ त ? पत्याउन्न, र होईन पनि ।

२. त्यसो भए सिटिजन्सले कसरी यो अवार्ड पायो त ?
-कुरा सिम्पल छ । दी बैंकरले यो अवार्डका लागि आवेदन माग्छ । पोहोर र यसपाली सिटिजन्स बैंकले मात्र सो अवार्डका लागि आवेदन दिएको थियो । प्रतिष्पर्धामा एक्लै भएपछि जित उसको स्वत: हुने भयो । यो एक जनामात्र विद्यार्थी भएको कक्षामा सो विद्यार्थी फर्ष्ट भयो भनेजस्तै हो ।

३. सिटिजन्स बैंकबारे दी बैंकरले के के हेर्छ ?
सिटिजन्स बैंकले उपलब्ध गराएको विवरण अवार्ड दिनेले पक्कै हेर्छ । तर, एक्लै आवेदक भएकाले यस्तो केसमा अवार्डदाताले बैंकभित्रको आन्तरिक किचलो, बैंकको बिग्रेको स्थिति, बैंकभित्र हुने गरेका थुप्रै नन कम्प्लाइन्स, र बैंकका विषयमा आएका विवाद पत्रिकाले हेर्दैन । आवेदक एक भन्दा बढी भएको केसमा भने अवार्डदाताले ती विषय पनि हेर्छ, तर एक मात्र आवेदक हुँदा हेर्दैन । अघिल्लोपटक र यसपाली सिटिजन्सले अवार्ड पाएको कारण यहि हो ।

४. नभनेको, यो अवार्ड गर्व गर्न लायक होइन ? कि के हो ?
कक्षामा एक जना छोरो पढ्छ, सधैं फर्ष्ट हुन्छ भन्ने विषयमा गर्व गर्ने कि नगर्ने यो ‘आफ्नो च्वाइस’को विषय हो ।

५. बैंक अफ दी एयर अवार्ड लिन पैसा पर्छ ?
घुमाउरो पारमा पर्छ । दी बैंकरले ग्लोबल बैंकिङ समिट गर्छ । त्यसमा सहभागी हुन पैसा लाग्छ । अवार्ड पाउने व्यक्तिहरु सो कार्यक्रममा सहभागी हुनैपर्छ । विशेषगरी बैंकका अध्यक्ष र सीइओ त्यस्तो कार्यक्रममा जाने चलन छ । सोको सबै खर्च बैंकले नै बेहोर्छ ।

६. बैंक अफ दी एयर अवार्ड प्राप्त गरेको बैंक खराब पनि हुन सक्छ ?
किन नसक्नु ? यहि अवार्ड प्राप्त गरेका बैंकमा थुप्रै नन कम्प्लाइन्स भएको रिपोर्ट स्वयम् नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको छ ।

७. राष्ट्र बैंकले समस्या देखाउने, अनि बेलायती पत्रिकाले उत्कृष्ट बैंक भनेर अवार्ड दिने पनि हुन्छ त ?
हुन्छ । नेपालमा यस्तै भईरहेको छ ।

८. अनि, आफु उत्कृष्ट छैन भन्ने जान्दाजान्दै पनि बैंकहरुले किन सो अवार्ड दाबी गर्छन् ।
यसका विभिन्न कारण हुन सक्छन् । मिडियामा जाने एउटा कारण पाइन्छ । एक दुई दिन हो हल्ला गर्न पाइन्छ । बेलायतमै आफ्ना छोराछोरी बस्छन् भने भेट्न पाइन्छ । छोराछोरी भेट्न पनि बैंककै खर्चमा जान पाइन्छ । ठाउँ पनि हेरिने, मुख पनि फेरिने हुन्छ ।

९. बैंक अफ दी एयर अवार्डको ओझ पछिल्लो समय घटेको हो ?
जरुर हो । कुनै बेला यो अवार्ड सम्मानको प्रतिक मानिन्थ्यो । अहिले सिटिजन्स बैंकजस्ता कमजोर बैंकले पाउन थालेपछि यो अवार्डलाई बैंकको बिजोग स्थिति लुकाउने कम्मलको रुपमा धेरैले हेर्छन् नेपालमा । प्रभु बैंकले पनि सो अवार्ड केहि समय अघि पाएको थियो । अहिले सोहि बेलाको प्रकरणमा सीआईबीले अनुसन्धान गर्न बैंकका हाकिमहरु हिरासतमा लिएको छ । यो अवार्डको ओझ घटेकै कारण, पछिल्लो समय बैंकहरुले यो अवार्ड लिन खासै बल गर्दैनन् ।

१०. यो अवार्ड कसले पाउँछ भन्ने पहिला नै थाहा हुन्छ ?
नेपालका बाणिज्य बैंकहरु मात्र यो अवार्डका लागि आवेदन दिन योग्य मानिन्छन् । नत्र, अघिल्लो पटक सिटिजन्स बैंकले अवार्ड पाउँदा सो अवार्डका लागि कर्णाली डेभलपमेन्ट बैंकले प्रयास गरेको थियो । बाँकी रहेका थोरै बाणिज्य बैंकमध्ये खासै प्रतिष्पर्धा गर्न कोहि चाहान्न । त्यसमाथि पैसा खर्च गरेर अवार्ड ल्याउनु भन्दा काम राम्रोसँग गर भनेर संचालक समितिमा प्रेसर आउँछ । त्यसैले पनि अरुले सो आवेदन नै दिएनन् । सिटिजन्सले दुवै पटक एक्लै आवेदन दियो, र अवार्ड पनि पायो ।

११. यो अवार्डले बैंकको ब्राण्डमा राम्रो केहि इनपुट दिन्छ ?
यो आआफ्नो व्याख्याको कुरा हो । सिटिजन्स बैंकको हकमा भने दुई पटक अवार्ड पाएको बाहेक प्रचार गर्न केहि नभएपछि उसले अहिले देखिने प्रचार नै गर्न छोडेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK