Skip to content
LAXMI SUNRISE BANK

‘हामी आउने थाहा पाएर अध्यक्ष भागेछन्’ : जेन-जी लगानीकर्ता

अर्थ सरोकार

काठमाडौँ । नेपाल धितोपत्र बोर्डमा रिलायन्स स्पिनिङ्ग मिल्सको भ्रष्टचार प्रकरणबारे बुझ्न गएका जेनजी लगानीकर्ताहरुले आफुहरु आउने थाहा पाएर बोर्ड अध्यक्ष सन्तोष नारायाण श्रेष्ठ भागेको आरोप लगाएका छन् । ९ करोड घुस खाएर रिलायन्स स्पिनिङ्ग मिल्सको आइपीओ स्वीकृति दिएको खबर बाहिरिएपछि उनी जेनजीहरुसँग डराएर भागेको आरोप जेनजीहरुले लगाएका हुन् ।

‘हामी आउने खबर पाएर अध्यक्ष भागेछन्, लुकेछन् ।’ कार्यक्रममा उपस्थित जेनजी अगुवालले भने, ‘कतिन्जेल भाग्लान्, हेरौंला नि ।’

यता बोर्डका पदाधिकारीहरुले रिलायन्स स्पिनिङ्ग मिल्स प्रकरणमा घुस लिएको बारे अध्यक्षलाई नै थाहा होला भन्ने जवाफ दिएका छन् । मंगलबार बोर्ड पुगेका जेनजी लगानीकर्ताहरुले रिलायन्स प्रकरणमा घुस लिएको हो वा होइन भन्ने विषयमा सोधेको प्रश्नमा बोर्डका अधिकारीले ‘होइन’ नभनी घुमाउरो पारामा ‘अध्यक्षलाई थाहा होला’ भन्ने जवाफ दिएका छन् ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK