काठमाडौँ । गणपति लघुवित्त वित्तीय संस्थाकाे शाखा कार्यालय कुश्मा पर्वतले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । लघुवित्तले माघ १३ गते कुश्मा नगरपालिका वडा नं. ४ का वडाध्यक्ष दिनेश श्रेष्ठकाे प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।
प्रमुख अतिथि वडाध्यक्षले लघुवित्त कार्यक्रमले साना सानाे कर्जा लगानी गरि धेरैकाे जीवनमा सकारात्मक परिवर्तन गरेकाे, यसकाे बारेमा आफुले अध्ययन गर्दा धेरै राम्रो उद्देश्यले स्थापना भई संचालन भएकाेले वित्तीय साक्षरता कार्यक्रमबाट सहभागी सबैलाई महत्त्वपूर्ण विषयहरुकाे ज्ञान लएर जान आग्रह गरे ।
संस्थामा आबद्ध ग्राहक सदस्यहरूमा वित्तीय सचेतना तथा वित्तीय शिक्षा सम्बन्धी विशेष प्रस्तुतीसहितकाे प्रशिक्षण संस्थाकाे तालिम, अनुपालना तथा प्रर्वतन विभाग प्रमुख प्रभुराज थापाले प्रदान गरेका थिए । सो क्रममा वित्तिय अनुशासन, परिवार बजेट निर्माण, आम्दानी खर्च र बचतको व्यवस्थापन, कर्जाकाे महत्त्व र प्रयोग, कानुनी अवधारणाका आधारमा कालाेसुचिमा पर्ने सम्मकाे अवस्था बारे सबैलाई ज्ञानमूलक सचेतना सामाग्री पस्किएका थिए । साथै प्रस्तुतीका क्रममा लघुवित्त सम्बन्धी भ्रम र यथार्थ सम्बन्धी समसामयिक विषयवस्तुहरू सहभागीहरूले बुझ्ने गरि सरल भाषामा बुझाएका थिए ।
उक्त कार्यक्रममा शाखा कार्यालय कुश्मा अन्तर्गत संचालित उत्कृष्ट केन्द्र व्यवस्थापन गर्ने ३ जना केन्द्र प्रमुख तथा वित्तिय संस्थाबाट कर्जा लिएर व्यवसाय संचालन गर्ने मध्ये वर्षका ३ उत्कृष्ट व्यवसायिक ग्राहकलाई समेत कदर पत्रद्धारा सम्मान गरिएको थियो ।
करिब ३० जना ग्राहक सदस्यहरुकाे सहभागिता रहेकाे वित्तीय साक्षरता कार्यक्रमकाे अध्यक्षता केन्द्र नं. १८९ कि सदस्य युगमाया गिरीले गरेकी थिईन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्