Skip to content
LAXMI SUNRISE BANK

आइक्यानको ८औँ दीक्षान्त समारोह भव्य रुपमा सम्पन्न (तस्विरहरू)

अर्थ सरोकार

काठमाडौँ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) को ८औँ दीक्षान्त समारोह सम्पन्न भएको छ। माघ १६ गते अर्थात् शुक्रबार काठमाडौँस्थित होटल रेडिसनमा आइक्यानको ८औँ चार्टर्ड एकाउन्टेन्ट्स दीक्षान्त समारोह भव्य रुपमा सम्पन्न भएको हो।

दीक्षान्त समारोहका प्रमुख अतिथि माननीय महालेखापरीक्षक तोयम राया रहेका थिए भने प्रमुख वक्ताका रुपमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रकाश कुमार श्रेष्ठ थिए। महालेखापरीक्षक रायाले कार्यक्रममा दीक्षित भएका विद्यार्थीहरुलाई मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए।

आइक्यानले दीक्षित भएका विद्यार्थीहरु मध्येबाट विभिन्न क्याटेगोरीमा उत्कृष्ट विद्यार्थीलाई मेडल र प्रमाणपत्र पनि दिएको छ।

यता कार्यक्रममा दीक्षित हुनेहरुबाट पनि सर्वाधिक अंक प्राप्त गर्नेहरुलाई आइक्यानले विभिन्न अवार्डबाट सम्मानित गरेको छ । तस्विरमा हेर्नुहोस् कार्यक्रमका खास झलक:

 

 

 

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK