काठमाडौँ । होटल फरेष्ट इनको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले वैदेशिक रोजगारीका लागि विदेशमा रहेका नेपलीका लागि जारी गरेको आईपीओ बाँडफाँड गरेको हो ।
सेयर खरिदका लागि प्राप्त आवेदनहरु मध्ये ९ जना आवेदकहरुले दोहोरो हितग्राही खाता प्रयोग गरी १८ वटा आवेदन मार्फत जम्मा १९० कित्ता सेयर खरिदको लागि आवेदन गरेको हुँदा उक्त आवेदनहरु रितपूर्वक नदेखिएकोले उक्त आवेदनहरुलाई रद्द गरी जम्मा ७५ हजार ९० जना आवेदकहरुलाई गोलाप्रर्थाको माध्यमबाट १० कित्ता सेयरका दरले जम्मा ४० हजार जना आवेदकहरुलाई ४ लाख कित्ता सेयर बाँडफाँड गरेको छ ।
एनआईसी एशिया क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा होटल फरेष्ट इनले जारी पूँजीको १० प्रतिशत अर्थात ४ करोड रकम बराबरको एक सय रुपैयाँ अंकित दरको ४ लाख कित्ता साधारण सेयर विदेशमा रहेका नेपालीहरुका लागि जारी गरेको थियो ।
उक्त निष्काशनको समयमा ८१ हजार ७ सय ९७ जना आवेदकहरुबाट जम्मा १२ लाख ९३ हजार ४० कित्ता सेयर खरिदको लागि आवेदन प्राप्त भएकोमा सो मध्ये सम्बन्धित सि-आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरुले विविध कारणबाट ६,६८९ जना आवेदकहरुबाट प्राप्त जम्मा १४७,२८० कित्ता सेयर खरिदको लागि प्राप्त आवेदनहरु रद्द गरे पश्चात् बाँकी रहेको ७५,१०८ जना आवेदकहरुबाट जम्मा ११,४५,७६० कित्ता सेयर खरिदको लागि अन्तिम आवेदन प्राप्त भएको र उक्त आवेदनहरुलाई आवश्यक प्रशोधन गरि सोको बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्