काठमाडौँ । नेपाली क्रिकेट टोलीले टी-२० विश्वकपमा ऐतिहासिक स्थान सुरक्षित गरेसँगै देशैभर क्रिकेटको लहर छाएको छ । यसै उत्साहलाई थप उचाइमा पुर्याउन, नेपालको अग्रणी डिजिटल वालेट ‘खल्ती’ ले आकर्षक अभियान ‘खल्ती चलाऊ, वर्ल्ड कप जाऊ’ सार्वजनिक गरेको छ ।
खल्ती चलाऊ, वर्ल्ड कप जाऊ अभियान क्रिकेट प्रशंसकहरूको सपनालाई वास्तविकतामा बदल्ने उद्देश्यले ल्याइएको कम्पनीले जनाएको छ । नेपाली क्रिकेट टोलीको यो गौरवशाली यात्रालाई उत्सवको रूपमा मनाउन खल्तीले एक भाग्यशाली जोडीलाई सबै खर्च बेहोरिने गरी प्रत्यक्ष रूपमा रङ्गशालामै बसेर विश्वकप हेर्ने सुवर्ण अवसर प्रदान गर्नेछ ।
सहभागिता प्रक्रिया: ११ राष्ट्रिय खेलाडीको कार्ड संकलन गर्नुहोस्
यस अभियानलाई रमाइलो बनाउन खल्तीले एक ‘गेमिफाइड’ अनुभव प्रस्तुत गरेको छ । प्रयोगकर्ताहरूले केवल कारोबार मात्र गर्ने छैनन्, बरु आफ्नै ‘डिजिटल टिम’ निर्माण गर्नेछन्:
– खल्ती एपमार्फत मान्य कारोबारहरू गर्दा प्रयोगकर्ताले एक डिजिटल ‘स्क्र्याच कार्ड’ प्राप्त गर्नेछन् ।
– प्रत्येक स्क्र्याच कार्डमा नेपालको राष्ट्रिय टोलीका ११ मध्ये एक खेलाडीको कार्ड रहनेछ ।
– बम्पर उपहारको लक्की ड्रमा योग्य हुन प्रयोगकर्ताले ११ वटा छुट्टाछुट्टै (Unique) खेलाडीका कार्डहरू संकलन गरी सेट पूरा गर्नुपर्नेछ ।
हरेक माइलस्टोनमा पुरस्कार
यो अभियानमा अन्तिम विजेता मात्र नभई, कार्ड संकलनको यात्राभरि प्रयोगकर्ताहरूले विभिन्न पुरस्कारहरू जित्न सक्नेछन् ।
– निश्चित उपहार : २, ५, ७, र ११ वटा युनिक प्लेयर कार्डहरू संकलन गर्दा प्रयोगकर्ताहरूले प्रोमोकोडहरू प्राप्त गर्नेछन् ।
– पाक्षिक पुरस्कार : ५ वटा युनिक कार्ड संकलन गर्ने प्रयोगकर्ताहरूमध्येबाट हरेक १४ दिनमा एक जना भाग्यशाली विजेताले ब्रान्ड न्यू HONOR X9d स्मार्टफोन जित्न सक्नेछन् ।
– बम्पर पुरस्कार: ११ वटै प्लेयर कार्डहरू सफलतापूर्वक संकलन गर्ने प्रयोगकर्ताहरू अन्तिम लक्की ड्रमा सहभागी हुनेछन्, जहाँ एक भाग्यशाली जोडीले विश्वकपको पूर्ण प्रायोजित यात्रा जित्नेछन् ।
यो अभियान माघ१२ गतेदेखि फागुन ११ गतेसम्म लागू हुनेछ । खल्ती प्रयोगकर्ताहरूले दैनिक उपभोग्य सेवाहरूको भुक्तानी-जस्तै युटिलिटी बिल, टप-अप, र अन्य कारोबारहरू खल्ती एपमार्फत गरी यस योजनामा सहभागी हुन सक्नेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्