काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले अभिकर्ताहरूलाई एक दिने तालिम प्रदान गरेको छ । इन्स्योरेन्सले जारी गरेको मासिक योजना मन्थन २०८२ मा तोकिएको व्यवसाय गरि छनौट भएका बागमती र मधेश प्रदेशका विभिन्न शाखा कार्यालयमा आबद्ध रही कार्य गर्ने अभिकर्ताहरूलाई एक दिने तालिम प्रदान गरेको हो ।
कम्पनीका उप प्रमुख कार्यकारी अधिकृत स्मृति राज कँडेलको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रम अन्तर्गत छनौट भएका २८० जना अभिकर्ताहरूलाई धुलिखेल स्थित होटल सारथीमा चर्चित प्रशिक्षक काजिम रजाले प्रशिक्षण प्रदान गरेका थिए ।
उनले विभिन्न उदाहरण प्रस्तुत गर्दै एमडिआरटीको लक्ष्य हासिल गर्ने उपायको बारेमा प्रशिक्षण दिएका थिए । कम्पनीका उप प्रमुख कार्यकरी अधिकृत स्मृति राज कँडेलले कम्पनीमा आबद्ध अभिकर्ताहरूलाई आफूले आत्मसाथ गरेको अभिकर्ता पेशालाई व्यावसायिक बनाउने उद्देश्यले कम्पनीले विभिन्न अभिकर्ता मैत्री मासिक तथा वार्षिक योजना जारी गर्दै आइरहेको र यसै सन्दर्भमा अभिकर्ताहरूलाई उत्कृष्ट प्रशिक्षण दिने गरि प्रेरणा, प्रगति र पेशागत उत्कृष्टताको नाराका साथ मासिक योजना मन्थन जारी गरिएको बताए ।
यो योजनामा देशैभरबाट ७०० भन्दा बढी अभिकर्ताहरू छनौट हुनुले यो योजना अत्यन्तै सफल भएको बताए । साथै उनले शाखा स्तरीय प्रथम द्वितीय र तृतीय हुन सफल अभिकर्ताहरूलाई मायाको चिनो प्रदान गरेका थिए ।
कार्यक्रममा एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणाले यस प्रकारको तालिमबाट अभिकर्ताहरूले आफ्नो पेशामा उत्कृष्टता हासिल गरि प्रतिस्पर्धात्मक बजारमा आफूलाई अब्बल साबित गर्न सक्ने बताए ।
कार्यक्रममा सहभागी अभिकर्ताहरुले यस्ता उत्कृष्ट तालिमबाट आगामी दिनमा बिमा व्यवसायमा अझ प्रगति गर्ने प्रेरणा मिलेको बताएका थिए भने सम्मानित हुने अभिकर्ताहरुले सम्मान प्राप्त गर्दा आफ्नो मिहिनेतको फल प्राप्त भएको र आगामी दिनमा अझ मिहेनतका साथ आफ्नो पेशालाई अगाडि बढाउने बताएका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्