Skip to content
LAXMI SUNRISE BANK

हेलिकप्टर चढेर पिकनिकः काँग्रेसी मुख्यमन्त्रीको सचिवालयले भन्यो- ‘आफ्नै निजी खर्चमा हो’

अर्थ सरोकार

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँको सचिवालयले मुख्यमन्त्री आफ्नै खर्चमा हेलिकप्टर लिएर सिन्धुपाल्चोक गएको दाबी गरेको छ । हेलिकप्टर चढेर पिकनिक खान गएको भन्दै चौतर्फ विरोध भएपछि उनको सचिवालयले हेलिकप्टर मुख्यमन्त्री बानियाँको निजी खर्चमा लगिएको दाबी गरेको हो ।

पुष १७ गते सिराहा र सिन्धुपाल्चोक जाँदा मुख्यमन्त्री बानियाँले प्रयोग गरेको हेलिकप्टर सरकारी खर्चमा नभएर मुख्यमन्त्री स्वयम्को व्यक्तिगत खर्चमा लगिएको मुख्यमन्त्री बानियाँको सचिवालयको दाबी छ ।

बानियाँको सचिवालयका अनुसार पुष १७ गते मुख्यमन्त्री बानियाँलाई सिन्धुपाल्चोकको मेलम्ची-९ गुफाडाँडामा आयोजित छैठौँ जलवायु सम्मेलन र सिराहामा काँग्रेस सभापति रामचन्द्र यादवले आयोजना गरेको कार्यक्रममा आमन्त्रण गरिएको थियो ।

एकैदिन दुई फरक फरक ठाउँबाट निम्तो आएपछि र सडकमार्गबाट दुवै ठाउँमा सहभागी हुन सक्ने स्थिति नभएपछि मुख्यमन्त्री बानियाँले हेलिकप्टर हायर गरेको उनको सचिवालयले जनाएको छ । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK