Skip to content
LAXMI SUNRISE BANK

यिनै हुन् रातीराती काठमाडौँमा ‘लुट’ मच्चाउने धुन्दुकारीहरु… (तस्विरहरु)

अर्थ सरोकार

काठमाडौँ । काठमाडौँ उपत्यकामा रातको समयमा बढिरहेको लुटपाट र आतंकका घटनालाई नियन्त्रण गर्न प्रहरीले सक्रियता बढाएको छ । मूलपानीमा बुधबार राति प्रहरीले विशेष अभियान चलाएर १० जना लुटेरा पक्राउ गरेको काठमाडौँ प्रहरीले पत्रकार सम्मेलन गरि जानकारी गराएको हो ।

पक्राउ परेकामध्ये मुख्य नाइके विनय तामाङलाई गोली लागेको छ र अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता रमेश थापाका अनुसार गिरफ्तार आरोपीहरूले उपत्यकाका विभिन्न क्षेत्रमा महिलाहरूको गहना चोरी र एकान्तमा बसेर लुटपाट गर्दै मोटरसाइकलमा भाग्ने गरेका थिए । प्रहरी अनुसन्धान अनुसार लुटेरा समूहले हालसम्म उपत्यकामा २७ वटा लुटपाटको घटना गरिसकेको पाइएको छ ।

विनय तामाङ भदौ २४ मा जेन-जी आन्दोलनको समयमा प्रहरीले हिरासतमा राख्दा भागेका थिए । प्रहरी प्रवक्ता थापाका अनुसार गएराति मोटरसाइकलबाट भाग्ने क्रममा उनीहरूलाई गोली प्रहार गरिएको हो । पक्राउ परेका अन्य नौ जनालाई पनि हिरासतमा राखेर अनुसन्धान भइरहेको छ । पक्राउ परेका लुटेरा समूहले सोह्रखुट्टे, बौद्ध, महाराजगन्ज, गौशाला र भक्तपुरको थिमी क्षेत्रमा विशेषगरी रातको समयमा लुटपाटको गतिविधि गर्दै आएको उनले बताए ।

प्रहरी कार्यालयमा आज मात्र २७ वटा जाहेरी आएको भन्दै प्रहरीले समुदायलाई सचेत रहन र अनावश्यक रूपमा एक्लै नहिँड्न सुझाएको छ । बाँकी तस्विरमा हेर्नुहोस्ः

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK