काठमाडौँ । धरानबाट सुरु भएको हर्क साम्पाङको श्रमदान अभियान काठमाडौं प्रवेश गरेको छ । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका नेता-कार्यकर्ताले काठमाडौं क्षेत्र नम्बर ४ अन्तर्गत पर्ने धोबीखोला सरसफाइ अभियान सञ्चालन गरिरहेका छन् ।
अभियानमा पार्टीका नेता तथा काठमाडौं क्षेत्र नम्बर ४ का उम्मेदवार डा. वरुण अमात्यसँगै स्थानीय बासिन्दाको पनि सक्रिय सहभागिता रहेको छ । अमात्यका अनुसार पार्टीको श्रम संस्कृति र नेतृत्वको निर्देशनअनुसार सरसफाइ अभियान सञ्चालन गरिएको हो । पार्टीले यस अभियानमा संलग्न समूहलाई ‘श्रम सेना’ नाम दिएको छ ।
काठमाडौं क्षेत्र नम्बर ४ का बासिन्दाले सुरु गरेको सरसफाइ अभियानमा आफूहरू जोडिएको बताउँदै उनले हरेक शनिबार नियमित रूपमा सरसफाइ हुँदै आएको जानकारी दिए । यो अभियान कुनै राजनीतिक उद्देश्यका लागि नभई विशुद्ध रूपमा समाजका लागि गरिएको र निरन्तर चलिरहने उनले बताए ।
पार्टी अध्यक्ष हर्क साम्पाङलाई पनि आगामी दिनमा सरसफाइ अभियानमा जोड्ने प्रयास भइरहेको अमात्यले जानकारी दिए । साथै, आगामी निर्वाचनका लागि हर्क साम्पाङले धरानको मेयर पदबाट राजीनामा दिएर श्रम संस्कृति पार्टी बाट चुनाव लड्न लागेका छन् । बाँकी तस्विरमा हेर्नुहोस्:

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्