काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले पूँजी बजारलाई पारदर्शी, सुरक्षित र लगानीमैत्री बनाउन नियामक सुधार, प्रविधिमैत्री कारोबार प्रणाली तथा लगानीकर्ता संरक्षण संयन्त्र सुदृढ गर्ने घोषणा गरेको छ । बिहीबार ‘बाचा पत्र’ सार्वजनि गर्दै रास्वपाले यस्तो घोषणा गरेको हो ।
रास्वपाले ‘बाचा पत्र’मार्फत धितापेत्र ऐन, २०६३ मा आवश्यक संशोधन गरी धितोपत्र बोर्डको संरचना पुनर्गठन गर्दै पर्याप्त जनशक्ति, कार्यक्षमता अभिवृद्धि तथा आवश्यक स्वायत्तता दिने पनि घोषणा गरेको छ ।
त्यस्तै, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र सिडिएस एण्ड क्लियरिङ लिमिटेडको पुनः संरचना गरी निजी क्षेत्रको सेयर सहभागिता बढाउने र प्रतिस्पर्धात्मक डिपोजिटरी सेवा विकास गर्ने पनि रास्वपाले घोषणा गरेको छ ।
त्यस्तै, पूँजी बजारको तरलता, पारदर्शिता र जोखिम व्यवस्थापन क्षमता अभिवृद्धि गर्न स्पष्ट कानूनी संरचना र कडा नियमनसहित इन्ट्राडे कारोबार, शर्ट सेलिङ तथा फ्युचर्स, अप्सन लगायतका डेरिभेटिभ वित्तीय उपकरणहरु चरणबद्ध रुपमा सुरु गरी नेप्सेलाई अन्तराष्ट्रिय स्तरको बनाउने पनि रास्वपाले बाचा गरेको छ ।
अर्कोतर्फ इन्साइडर ट्रेडिङर बजार हेरफेरविरुद्ध शून्य सहनशीलताको नीति लागू गर्दै आईपीओ प्रणालीमा आमूल सुधार गरी निष्पक्ष बाँडफाँड, बुक बिल्डिङ सुधार र समयमै सूचीकरण गर्ने व्यवस्था मिलाउने रास्वपाले घोषणा गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्