काठमाडौँ । वाणिज्य बैंकहरुमध्ये पछिल्लो समय सबैभन्दा बढी घोटाला हुने बैंक सिटिजन्स बैंकलाई आफैंले पाएको बैंक अफ दी एयरको अवार्ड ‘लज्जा’को विषय बन्न थालेको छ । आफैंले पैसा तिरेर, अझ लन्डनमा रहेको छोरालाईसमेत कार्यक्रममा लगेर, बैंककै खर्चमा आउजाउ गरेर, लाखौँ खर्च गरी लिएको अवार्ड पाउनेबित्तिकै कहिले बैंकबाट पैसा नै हराउने, कहिले जनताले राखेको रकम नै अनियमिता हुने लगायतका घटना बढ्न थालेपछि बैंकलाई आफैँले पाएको अवार्ड लज्जाको विषय बनेको स्वयम् बैंकका कर्मचारीहरु बताउँछन् ।
संयोग पनि यतिसम्म भएको छ कि बैंकले पहिलो पटक बैंक अफ दी एयरको अवार्ड पाएको केहि समयभित्रै बैंकको खाताबाट करोडौं रुपैयाँ हराएको काण्ड बाहिर आएको थियो । त्यतिबेला एफवान सफ्टको खाताबाट झन्डै ३ करोड रुपैयाँ हराएको थियो । अरु कुनै पनि बैंकले अप्लाई नगरेका कारण र तत्कालीन कर्णाली डेभलपमेन्ट बैंकले अप्लाई गर्न नमिलेका कारण सिटिजन्सले सो अवार्ड पहिलोपटक पाएको थियो । अवार्ड पाउने बित्तिकै बैंकको खाताबाट रकम हराएको प्रकरण बाहिर आएको थियो ।
दोश्रो पटक पनि कोहि अरु बैंकले अवार्डका लागि अप्लाई नगरेपछि सिटिजन्स बैंक नै अघि सरेको थियो । दोश्रो पटक त अझ बैंकका सीइओले आफ्ना छोरालाई समेत कार्यक्रममा लगेका थिए । सोहि कारण बाबुको ढिपीले निर्दोष छोरासमेत विवादमा तानिएका थिए ।
दोश्रो पटक अवार्ड पाएलगत्तै बैंक फेरी अर्को घोटाला काण्डमा मुछिएको छ । बैंकका कर्मचारीले जनताले राखेको रकमलाई धितो देखाई, निक्षेपकर्तालाई थाहा नै नदिई, रकम निकाली हिनामिना गरेको पाइएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page












प्रतिक्रिया दिनुहोस्