काठमाडौँ । नेपालको डिजिटल वालेट सेवा अर्थात् इसेवा । विना कन्जुस्याईँ भन्नुपर्छ, इसेवा नेपालको डिजिटल क्रान्तिको सारथी थियो, लिडर थियो । पहिला कानुन कि सेवा ? भन्ने प्रश्नका बीच इसेवाले रिस्क नै लिएर नेपालको डिजिटल क्रान्तिमा अतुलनीय योगदान दियो । परिणाम, अरु सेवा प्रदायकहरु पनि खुले, जनजनको मोबाइलमा बैंकिङ पहुँच पुग्यो । रेमिट्यान्स गर्देउ न भन्ने छोडेर जनता आईएमई गर्देउ भन्न थालेका थिए । मोबाइलमा पैसा पठाइदेऊ न भन्दा जनता इसेवा गर्देउ न भन्न थालिसकेका थिए । यो योगदान प्रति इसेवा सधैं धन्यवादको पात्र छ ।
तर, जव उसकै भाषामा ग्राहकहरु बढ्दै गए, उसले आफैँलाई धान्न सकेन वा अहमता बढ्यो, इसेवा नै जानोस्, इसेवाको सेवा झुर सेवामा परिणत भयो । इसेवा यति धेरै बिग्रिन थाल्यो कि त्यति धेरै पटक त हर्क साम्पाङ्गले फेसबुकमा स्टाटस पनि लेख्दैनन् होला । सुरु सुरुमा त सेवामा समस्या छ भन्थ्यो पनि इसेवा । तर हप्तामै एक दुई पटक बिग्रिन थालेपछि इसेवाले सेवाग्राहीसँग माफी माग्न पनि छाड्यो । प्रयोगकर्ता पनि खल्ती, आइएमई पे जस्ता वालेटहरुमा सिफ्ट हुन थाले । ग्राहक घट्दै गए, कारोबार घट्दै गयो, नाफा घट्दै गयो । यता जनतामा विश्वास घट्दै गयो, कारोबार घट्दै गए, अनि परिणाम, कुनैबेलाको दमदार इसेवा, अहिले दम बिनाको द्वारजस्तै भताभुङ्ग छ, लथालिङ्ग छ । परिणाम आवाजहरु यसरी उठ्न थालेका छन् कि इसेवा अव जनताको सारथी होइन, दुख दिने साधन बनेको छ ।
आखिर इसेवा किन यस्तो झुर भयो ? जनताले विश्वास गरेको इसेवा अहिले जनताले किन प्रयोग गर्न छाडे ? कतै भारतको पेटिएमकै जस्तो डुब्न लागेको त होइन इसेवा ? किन सेवा सुधार्दैन इसेवा । यसका पछाडीका केही कारण छन् । आज हामी त्यही विवादका अन्तरकुन्तर खोज्दैछौँ ।
१. इसेवाको गुणस्तरमा समस्या हुनु भनेको उसको नेतृत्वको समस्याको उपज हो । कुनै बेला जव सुबाश सापकोटा इसेवाका सिइओ थिए, इसेवामा खासै समस्या आउँदैनथ्यो । समस्या आए पनि समाधान भइहाल्थ्यो । समस्या आएको र समाधान भएको दुवै कुरा जिम्मेवार वालेट भएर जनतालाई सुनाउँथ्यो इसेवा । सापकोटा यति एयरलाइन्सको सिइओ भएर गएपछि इसेवाको सिइओका रुपमा जगदीश खड्का आए । यसै पनि जगदीशलाई इसेवाको टेक्निकल टिमले पहिला देखि नै मन पराउँदैनथियो । त्यसमाथि सापकोटा जस्ता खड्का टेक्निकल्ली साउण्ड व्यक्ति नै थिएनन्, होइनन् । त्यसपछि कम्पनीभित्र दरार आयो । इसेवामा त प्राविधिक समस्या आएको थियो, त्यो भन्दा ठुलो समस्या खड्का र टेक्निकल टिमबीचको खाडल थियो । त्यसपछि त इसेवा बिग्रेको बिग्र्यै, बिग्रेको बिग्र्यै, बिग्र्यै ।
२. इसेवासँगै बजारमा अन्य सेवा प्रदायक पनि आए । उनीहरु गुणस्तरमा अलि बढी नै ध्यान दिन थाले । परिणाम, उनीहरुले इसेवाका राम्रा राम्रा मान्छे जति आफूकहाँ लगे । टेक्निकल टिमदेखि, मार्केटिङसम्म, राम्रा मान्छे जति खल्ती, आईएमई पे जस्ता वालेटहरुमा लागे । जसकारण इसेवाको गुणस्तर खस्किने नै भयो । कुनै बेला राम्रो टिम भएको इसेवा अव ट्रायल सेन्टरजस्तै भयो । यसको परिणाम, यसको गुणस्तरमा देखियो । र त्यो समस्या अहिले पनि देखिईरहेको छ ।
३. इसेवा जनतासँग उत्तरदायी हुन सकेन । वालेट बिग्रिएको छ भन्ने कुरा जानकारी गराउन छाड्यो । आफ्नो कमजोरी लुकाउन थाल्यो । त्यसपछि त जनता आजित भएर अन्त लागे । त्यसको परिणाम इसेवाको ब्यालेन्स सिटमा देखियो, कारोबारमा देखियो । अहिले इसेवाको नाफा बर्षौंदेखि घटिरहेको छ । अझ प्रष्ट भन्दा जगदीश खड्का आएदेखि इसेवाको नाफा घटिरहेको छ, बदनामी बढिरहेको छ ।
४. इसेवाले बेटिङ्गका र अन्य गैरकानुनी कारोबारका कारोबार धेरै गथ्र्यो । इसेवाले त्यस्ता कारोबारबाट मनग्य कमाउँथ्यो । अहिले सरकारले त्यस्ता कारोबारमा कडाई गर्यो । जसको सिधा असर इसेवाको नाफामा पर्यो । इसेवाले नयाँ नयाँ ठाउँमा आफुलाई एक्सपोज गरेन । बरु अरु वालेटलाई रोक्न कतिपय सरकारी पावरको मिसयुज गर्यो । जसकारण इसेवाले राम्रो काममा ध्यान दिन पाएन, परिणाम इसेवा खस्कियो ।
५. इसेवाले प्राविधिक समस्यालाई तत्काल समाधान गरेन । खाजा खाएर बिल तिर्ने बेलामा इसेवा नचल्दा पनि उसले आफ्ना ग्राहकलाई रेस्पोन्स गरेन । इसेवामा पैसा अड्किदा पनि इसेवाले सो समस्या समाधानका लागि थुप्रै समय लगायो । प्रष्ट भन्दा, इसेवा बिजनेशको साथी हुनुपथ्र्यो, दुश्मन हुन पुग्यो । परिणाम कतिपयले त नो इसेवा, इसेवा बाट भुक्तानी नगर्नुहोस्जस्ता ब्यानर नै टाँस्न थाले । तर इसेवालाई यसले छोएन, छोए पनि विकल्प नै थिएन सायद ।
आज इसेवा उँधोगतिमा लागेको कुरा उसको ब्यालेन्स सिटले प्रष्ट देखाउँछ । जनताप्रति अनुदार र अनुत्तरदायी हुँदा एउटा कम्पनी कसरी लिडरबाट झुर सेवा प्रदायक बन्छ भन्ने तथ्यको गतिलो उदाहरण हो इसेवा । हामीले पे टीएम डुबेको कथा पढ्यौं, इसेवा डुबेको खबर प्रशारण गर्ने दिन नअओस् भन्नका लागि आजको कार्यक्रम प्रस्तुत गरेका हौँ । बाँकी त भीरबाट लड्छु भन्ने गोरुलाई राम राम भन्न सकिन्छ, सबै. सधैँ. सँगै काँध थाप्न सकिँदैन । (भिडियो)
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper











प्रतिक्रिया दिनुहोस्