काठमाडौँ । पहिलो पटक इसेवा बिग्रियो, हामीले मान्यौँ टेक्निकल फल्ट हुनसक्छ । दोस्रोपटक फेरि बिग्रियो, हामीले फेरी मान्यौँ, पहिलो पटक बिग्रिएपछि मेन्टिनेन्स गर्दा केही अरु फल्ट आएको हुनुपर्छ । इसेवा फेरि बिग्रियो, हामीले थोरै हेर्ने नजर बदल्यौँ र सोध्यौँ, इसेवा किन यति धेरै बिग्रिरहेको छ ? प्रश्नको जवाफ आउन बाँकी नै थियो । इसेवा फेरि बिग्रियो, यो पटक इसेवा बिग्रिएन मात्र ग्राहकको इसेवा वालेटबाट एकाएक पैसा गायब पनि भयो । हिजोसम्म प्ले स्टोरबाटै हराउने, पेमेन्ट नहुने, जब पैसा तिर्नुपर्ने बेला हुन्छ, त्यही बेला नचल्ने, एयरलाइन्सको टिकट आफैँ क्यान्सिल हुने, साँझको टिकट काट्यो बिहानको काटिने लगायतका समस्या देखिइरहेको इसेवाबाट ग्राहकको पैसा नै हराउन थालेपछि हामीले यस विषयमा थप अध्ययन गर्यौं । र इसेवा हुनुपर्नेजति सुरक्षित छैन भनेर सामाचार प्रकाशन/प्रशारण गर्यौं ।
त्यसपछि पनि इसेवा बिग्रिने क्रम रोकिएन । इसेवामा देखिने माइनर समस्या त कति हो कति ? साह्रै बिग्रिन थालेपछि सिस्टममा प्राविधिक समस्या देखियो र सेवा पुनः सूचारु भयो भन्दै इसेवा आफैँले दिनहूँ सूचना निकाल्न थाल्यो । त्यसका लागि छुट्टै ग्राफिक डिजाइनर राखेको चर्चासमेत इसेवामा चलेको थियो । जुन विषयको नालीबेली हामीले यसअघिका अंकमा प्रस्तुत गरिसकेका छौँ ।
तर पनि इसेवा बिग्रिने शिलशिला रोकिएन र रोकिएको छैन । झन् इसेवा ह्याकरको टर्गेटमा परेको छ । अहिले हरेक दिनजसो इसेवाबाट मेरो पैसा चोरियो भन्दै गुनासो गर्नेहरु बढेका छन् । सिस्टममा समस्या छ भन्ने बुझेका ह्याकरहरु खोजिखोजि इसेवा खाता ह्याक गर्न पल्किएका छन् । अझ इसेवामा लिंक गरिएका बैंक खातामा समेत पहूँच पुर्याएर ह्याकरले इसेवासंगै इसेवामा लिंक गरिएका बैंक खाता पनि रित्याउन थालेका छन् । परिणाम थुप्रै इसेवा प्रयोगकर्ताको बैंक खाता एक रातमै रित्तो भएको छ ।
इसेवाको यही कमजोर सुरक्षाका कारण उद्दब न्यौपाने पनि ह्याकरको फन्दामा परेका छन् । न्यौपानेले एकाविहानै एउटा भिडियो पोस्ट गरे । जसको विवरण हेरेपछी तपाईंलाई ओहो ! यस्तो पनि हुन्छ र ? भन्ने लाग्न सक्छ । सुतेपछि राती एउटा कोड आयो, कोड कसैलाई सेयर गरेकै छैन । तर, ह्याकर इसेवा प्रवेश गर्यो, सबै पैसा चोर्यो । इसेवाको पैसा मात्र चोरेन बरु इसेवामा लिंक गरिएको बैंक खाताको सबै पैसा चोर्यो । राती ठिकठाक रहेको बैंक खाता, विहान उठ्दा रित्तै थियो । त्यसपछी उनले इसेवामा फोन गरे, आफु लुटिएको सुनाए, तर अहँ इसेवाले केही गर्न सक्दैनौँ भन्यो ।

प्रयोगकर्ताको खाताबाट पैसा चोरि हुँदा पनि इसेवा भने ‘त्यो तपाइँकै कमजोरी हो’ भन्दै पन्छिन खोजेको न्यौपानेको आरोप छ । केही गल्ती छैन, मोबाइलमा आएको कोड उनले कसैलाई दिएका पनि छैनन् । तर पैसा चोरियो । इसेवा वालेटमा भएको मात्र पैसा चोरिएन, बरु न्यौपानेले इसेवामा लिंक गरेर राखेको ग्लोबल आइएमई बैंकको खाताबाटसमेत ह्याकरले पैसा चोर्यो । न्यौपानेले आफ्नो पैसा चोरिएको जानकारी इसेवामा पनि गराए तर इसेवाका कर्मचारीले केही गर्न सक्दैनौँ भन्यो । पैसा कहिले ट्रान्सफर गरियो ? कसले गर्यो ? कसलाई पठाइयो ? भन्ने जानकारी पाए आफैँ कानूनी लडाइँ लड्छु भन्दै उनले फेरि इसेवासँग आफ्नो वालेटबाट भएको ट्रान्जेक्सन डिटेल मागे । तर, इसेवाले उनलाई त्यो पनि दिन सक्दौनौँ भनेर फर्काइदियो । आफ्नो पैसा पनि सुरक्षित नहुने, डिटेल माग्दा पनि नदिने भए पनि न्यौपानेले इसेवा नै चलाउन छोडेको बताएका छन् ।
हिजो हामीले यही भन्दा इसेवाले आफ्ना कर्मचारी परिचालन नै गरेर यस्तो हुँदैन, इसेवा इज बेस्ट भन्न लगायो । आज फेरि यो तथ्य प्रस्तुत गर्दैगर्दा इसेवाबाट परिचालित भएकाहरु तल कमेन्टमा रोइलो गर्न सक्छन् । फेरि पनि इसेवा इज बेस्ट भन्दै हामीलाई गाली गर्न सक्छन् । तर, जति गाली गरे पनि हामी भन्न छोड्दैनौँ, इसेवा हुनुपर्नेजति सुरक्षित छैन । उद्धब न्यौपानेको घटना त बाहिर आएको घटना मात्रै हो । बाहिर नआएका यस्ता थुप्रै घटना छन् । थुप्रै इसेवा प्रयोगकर्ताको खाताबाट पैसा हराएको छ र थुप्रै इसेवा प्रयोगकर्ता पीडित बनेका छन् । र इसेवा असुरक्षित छ भन्ने जानेर इसेवा प्रयोग गर्नै छोडिरहेका छन् ।
भलै कानूनी प्रावधान र प्रहरीमा जानुपर्छ भन्ने थाहा पाएका उद्धबले प्रहरीमा इसेवा ठगीमा परेको रकम फिर्ता गर्न सहजीकरण गरी दोषिलाई कारवाही गर्न माग गर्दै प्रहरीमा निवेदनसमेत दिएका छन् । प्रहरीले उद्धबले दिएको विवरणका आधारमा खाता ट्रान्सफर भएको खातावालासँग सम्पर्क गरी रकम फिर्ता त गराएको छ तर त्यसरी अनधिकृत रुपमा रकम चोरी गर्नेलाई कारवाही भने गरिएको छैन ।
हामीले इसेवाबाट ग्राहकको पैसा हराएको विषयमा बुझ्न इसेवाका गुनासो अधिकारीलाई सम्पर्क गर्ने प्रयास पनि गर्यौं । तर, के भएको हो भन्ने जानकारी पाउनु त टाढाको कुरा, इसेवाका गुनासो अधिकारीले हाम्रो फोन नै उठाएनन् । हुन त जवाफ भए पो फोन उठाउँथे, जवाफ नै छैन भने फोन उठाएर पनि के भन्नु ? भएर होला सायद, अहिले इसेवाका गुनासो अधिकारीले हाम्रो मात्र होइन, कसैको फोन उठाउँदैनन् । खयर, हामी फेरि पनि भन्छौँ, इसेवा प्रयोग गर्नेहरु होसियार रहनुहोला । कुनै पनि बेला तपाइँको खाता रित्तिन सक्छ, सचेत बन्नुहोला । बाँकी मोबाइल पनि तपाइँको, पैसा चोरी नोक्सान पनि तपाइँको, तनाब पनि तपाइँलाई । (भिडियो)
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्